छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

71

काठमाडौं / मोरङ र बाँकेमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । मोरङ, शनिश्चरे नगरपालिका-१० पूर्वपश्चिम राजमार्गमा को.१ ख ४८४२ नम्बरको बसले मे.१ च ५३९१ नम्बरको पिकअपलाई बिहीबार बिहान ठक्कर दिई बस अनियन्त्रित भई पल्टिएर भएको दुर्घटनामा बसमा सवार हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुषको घटनास्थलमै तथा गम्भीर घाइते भएका बसका सहचालक कानेपोखरी गाउँपालिका-३ बस्ने ३१ वर्षीय टिकाराम थापाको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका २६ जनामध्ये ८ जनाको पथरी अस्पताल पथरीमा, ७ जनाको नोवेल अस्पताल बिराटनगरमा र ११ जनाको न्यूरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँके, कोहलपुर नगरपालिका-२ मुक्तिनगरमा भे.१ क १२५३ नम्बरको स्कूल बसले बिहीबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएकी सोही ठाउँ बस्ने हरि चौधरीकी ३ वर्षीया छोरी रिदम चौधरीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here