मोरङको पथरीमा बस र तरकारी बोकेको भ्यान ठोक्किँदा एकको मृत्यु, १८ घाइते

168

विराटनगर– मोरङको पथरी शनिश्चरे– १० मा बस र तरकारी बोकेको भ्यान आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर छ ।

कानेपोखरीबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ४८४२ नम्बरको यात्रु बस र पूर्वबाट पश्चिम जाँदै गरेको मे १ त ५३९१ नम्बरको भ्यान आपसमा जुधेको प्रहरीले जनाएको छ ।

६ जना घाइतेहरुलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पतालमा ल्याइएको छ । अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

मृतक र घाइतेहरुको परिचय नखुलेको मोरङका एसपी विश्व अधिकारीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here