लोकसेवा कार्यालय अगाडि प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच झडप

91

काठमाडौं / लोकसेवा आयोगले विज्ञापन विरोधमा विभिन्न जातीय संगठनले आन्दोलन गरिरहेका छन् । संविधानमा तोकिए अनुसारको आरक्षणको व्यवस्था नगरी विज्ञापन खुलाएको भन्दै त्यसको विरोधमा विभिन्न जातीय संगठनले आन्दोलन गरिरहेका हुन् ।

लोकसेवा आयोगले प्रकाशित गरेको विज्ञापन समावेशी सिद्धान्त विपरित भएको भन्दै आन्दोलित उनीहरुले बिहीबार काठामाडौँ स्थित लोकसेवा आयोगको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडपमा प्रहरीले धकेल्दा केही प्रदर्शनकारी बेहोस भएका छन् ।

जेठ १५ गते प्रकाशित लोकसेवा आयोगको विज्ञापन असंवैधानिक भएको भन्दै नेपाल आदिवासी जनजाति महासंघ, जातीय संघ–संगठन लगायत विभिन्न राजनीतिक दलहरुले चरणबद्धरुपमा आरक्षण बचाउ अभियान अन्तर्गत आन्दोलन गर्दै आएका छन् । उनीहरुले आरक्षण बचाउ अभियान नै बनाएर विरोध गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here