अफ्रिकी मुलुक कंगोमा इबोलाको आपतकाल घोषणा, नेपालमा पनि खतरा

200

काठमाडौं / विश्व स्वास्थ्य संगठन डब्लुएचओेले अफ्रिकी मुलुक कंगोमा बढ्दो इबोला संक्रमणका कारण विश्वभर स्वास्थ्य आपतकालको स्थिति घोषणा गरेको छ ।

इबोलाको संक्रमण बढदै गएपछि त्यसलाई नियन्त्रण गर्न अन्तर्राष्ट्रिय स्तरमै ध्यानाकर्षण गराउन आपतकाल घोषणा गरिएको हो । नेपालमा पनि यो रोगको संक्रमण फैलिन सक्ने संम्भावना भएपनि राज्यतर्फबाट भने हुनसक्ने सम्भावनालाई रोक्न कुनै सावधानी अपनाएको छैन ।

पछिल्लो समय कंगोमा इबोला भाइरसका कारण सयौ जनाले ज्यान गुमाएका छन । नेपालीहरु रोजगारीको शिलशिलामा तथा अन्य कामको लागि कंगोमा जाने आउने गर्दछन । जसबाट नेपालमा पनि यो रोगको महामारी फैलन सक्ने सम्भावना छ ।

यसको बेलैमा राज्यले रोकथाम तथा आवश्यक स्वास्थ्य परिक्षणमा ध्यान नसके भविष्यमा नेपालमा पनि विकराल रोग र समस्या नबन्ला भन्न सकिन्न । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक अनुप बास्तोलले रोग नेपालमा फैलियो भने अस्पतालमा उपचार गर्न नसक्ने धारणा राखे ।

नेपालमा भएका अस्पतालहरुमा यस्ता सरुवा रोगहरुको विरामीहरु राख्ने छुट्नै अस्पताल तथा औषधि अपचार पद्धतिनै छ नत उपचारका का लागि बिरामी राख्ने छुट्टै सैया छ । नेपालमा रहेको एकमात्र सरुवा रोग अस्पतालमा समेत अहिलेसम्म आइसोलेशन बार्ड अर्थात सुरुवारोगका विरामी राख्ने छुट्टै कक्ष छैनन् ।

भएका केही वार्डलाई सुविधायुक्त र व्यवस्थित बनाउनुको साटो उल्टो ताल्चा लगाइएर राखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले सरकार समस्या समाधानका लागि गम्भीर भएको दावी गरेका छन् ।

नेपालको स्वस्थ्य मन्त्रालय अन्तर्गत रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महासाशा पनि छन । तर ति महाशाखामा समेत पर्याप्त कर्मचारीहरु समेत छैनन । भने सुविधायुक्त स्रोतसाधनहरु समेत पर्याप्त छैनन ।

त्यस कारण नेपालमा जतिबेला जेपनि हुन सक्ने संम्भावना देखिन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महासाशाका निर्देशक विवेक लाल कर्णले भने आफुहरुले यस्तो रोग नियन्त्रणका लागि अन्तराष्ट्रिय विमानस्थलमा परिक्षणको लागि चिकित्सकको टोलि खटिएको जनाएका छन् ।

इबोला यस्तो भइरस हो जस्को सकं्रमण पश्चात यसले ठुलो ममहामारीको रुप लिन्छ । डब्ल्यू एच ओका अनुसार इबोलाका कारण पछिल्लो समय १६ सय भन्दा बढीले यहाँ ज्यान गुमाइसकेका छन् ।

यसअघि २०१४ देखि २०१६ को बिचमा मात्रै कंगोमा इबोलाका कारण ११ हजारले ज्यान गुमाएका थिए । त्यस कारण नेपालमा पनि यस्ता सरुवा रोगहरु भित्रन सक्ने भएकोले यस्ता रोग नियन्त्रणका बेलैमा सरकारले आवश्यक सावधानी अपनाउनु र गंम्भिर हुनु जरुरी छ ।

टरको ‘ले आउट’ फेरियो
बाह्रखरी २०७६ श्रावण ३ शुक्रबार ०८स्५८स्००
ट्विटरको ‘ले आउट’ फेरियो
वाशिङटन । ट्विटरले आफ्नो डिजाइन फेरेको छ । गएको सोमबारदेखि यसले आफ्नो वेबसाइटको रिडिजाइनलाई फेर्न थालेको थियो । जस अन्तर्गत केही महत्वपूर्ण परिवर्तन भएका छन् । यसमा लगिङ आउटमा नगइ स्वीच भेट्टाउन सकिने र विभिन्न प्रक्रिया पूरा नगरी प्रत्यक्ष मेसेज पठाउन सकिने व्यवस्था पनि गरिएको छ ।

एउटा कुरा भने परिवर्तन भएको छैन । अहिले पनि ट्विट सम्पादन गर्न भने सकिँदैन । यो प्रक्रियाका बारेमा अनुरोध भने थुप्रै आएका थिए । परिवर्तन गरिएका फिचरहरु निकै उपयोगी छन् । नाभिगेसन बारलाई बायाँतर्फ लगिएको छ । डार्क साइड मन पराउनेका लागि अहिलेपनि डिम मोडको व्यवस्था गरिएको छ । यसैगरी यसको व्याकग्राण्डको रङ छनोट गर्न पनि पाइने व्यवस्था रहेको छ । यसमा पठाएको मेसेज हाइड गर्ने व्यवस्था पनि गरिएको छ । ९एजेन्सी०

होङमेङ ओएसको पहिलो प्रयोग स्मार्ट टेलिभिजनमा
एजेन्सी ह्वावेले विकास गर्दै गरको अपरेटिङ सिस्टम होङमेङको पहिलो पटक प्रयोग स्मार्ट टेलिभिजनमा गर्ने भएको छ । कम्पनीको आफ्नो स्मार्ट टेलिजिभनमा घरेलु अपरेटिङ सिस्टमको प्रयोग गर्न लागेको हो ।
अमेरिकी प्रशासनले ह्वावेमाथि प्रतिबन्ध लगाएतपछि चीनको सान्जेनमा मुख्य कार्यालय रहेको चीनियाँ बहुराष्ट्रिय कम्पनी ह्वावे आफ्नै अपरेटिङ सिस्टम तयारी थालेको हो । हालसम्म ह्वावेका डिभाइसमा एन्ड्रोइड अपरेटिङ सिस्टम रहेका छन् । टेलिकम्युनिकेसन उपकरण उत्पादकमा विश्वमै उत्कृष्ट कम्पनीहरुमा पर्ने ह्वावेले पछिल्ला वर्षमा स्मार्टफोन, स्मार्ट वाच, ल्यापटप, ट्याव लगाएका ग्याजेट लगाएत एक्सेसरिजको उत्पादनलाई प्राथमकिता दिइरहेको छ ।

ह्वावे नजिक स्रोतहरुलाई हवाला दिँदै अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार आफ्नो अपरेटिङ सिस्टममा प्रयोग गर्न लागिएको टेलिभिजन ह्वावेको पहिलो टेलिभिजन हो । यो टेलिभिजन अनर ब्रान्डको रूपमा बजारमा आउने छ भने यो ५५ इन्चको स्क्रिन भएको हुनेछ । टेलिभिजनको विषयमा थप जानकारी गराइएको छैन । तर यो टेलिजिभन घरमा रहेका डिभाइसहरुसँग जोडेर प्रयोग गर्ने प्रकृृतिको रहने अनुमान लगाउन सकिन्छ । सामसङ, एलजी लगाएतका टेलिभिजन कम्पनीहरुले पनि पछिल्लो समयमा एन्ड्रोइड अपरेटिङ सिस्टम जडित स्मार्ट टेलिजिभनहरु ल्याइरहका छन् । ह्वावेको टेलिजिभन घरका सम्पूर्ण डिभाइसहरुसमेत कनेक्ट गरेर दैनिकीलाई सहज बनाउने खालको हुन सक्ने जनाइएको छ ।

मनोरञ्जन दिने प्लेटफर्मको प्रयोग गरी ह्वावेले टेलिभिजनको माध्यमबाट घरलाई नै स्मार्ट बनाइदिने भएको छ । यो टेलिभिजनले घरलाई स्मार्ट होम सिस्टमको केन्द्रको रूपमा काम गर्नेछ । ह्वावेले चिनियाँहरूको व्यवहार देखेर टेलिभिजनलाई स्मार्ट बनाउने योजना अगाडि ल्याएको हो । मानिसहरू ठूलो स्क्रिनलाई हेरिरहेका बेला फोन आउँदा फोनमा व्यस्त भएर टेलिभिजन चलिरहन दिने गरेको पाइन्छ ।
यो स्मार्ट टेलिभिजनले उपभोक्तालाई यसको विकल्प खोजी गर्न सक्ने सुविधा दिनेछ । अनर ब्रान्डका अध्यक्षले जनाएअनुसार उपभोक्तालाई राम्रो भन्दा राम्रो अनुभव दिनका लागि यो स्मार्टफोनले टेलिभिजनको प्रयोगबाट राम्रो बनाउन सक्ने छ । तर उनले त्यो टेलिभिजन ह्वावेको ओएसबाट चल्ने विषयमा औपचारिक जानकारी भने दिएका छैनन् । अमेरिकासँगको विवाद बढेपछि उसले आफ्नो अपरेटिङ सिस्टमबारे जानकारी दिँदै यस्तो जनाएको हो । अमेरिकाले गुगलको एन्ड्रोइडसमेत ह्वावेसँग अमेरिकन कम्पनीलाई कारोबार गर्न रोक लगाएपछि चर्किएको अमेरिका चीन व्यापार युद्धले जापानमा भएको दुई देशका प्रमुखहरुको भेटपछि भने नयाँ मोड लिने तयारीमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here