ट्विटरले डिजाइन फेरियो

98

एजेन्सी / ट्विटरले आफ्नो डिजाइन फेरेको छ । गत सोमबारदेखि आफ्नो वेबसाइटको रिडिजाइनलाई फेर्न थालेको थियो । जस अन्तर्गत केही महत्वपूर्ण परिवर्तन भएका छन् । यसमा लगिङ आउटमा नगइ स्वीच भेट्टाउन सकिने र विभिन्न प्रक्रिया पूरा नगरी प्रत्यक्ष मेसेज पठाउन सकिने व्यवस्था पनि गरिएको छ । एउटा कुरा भने परिवर्तन भएको छैन । अहिले पनि ट्विट सम्पादन गर्न भने सकिँदैन । यो प्रक्रियाका बारेमा अनुरोध भने थुप्रै आएका थिए । परिवर्तन गरिएका फिचरहरु निकै उपयोगी छन् । नाभिगेसन बारलाई बायाँतर्फ लगिएको छ । डार्क साइड मन पराउनेका लागि अहिलेपनि डिम मोडको व्यवस्था गरिएको छ । यसैगरी यसको व्याकग्राण्डको रङ छनोट गर्न पनि पाइने व्यवस्था रहेको छ । यसमा पठाएको मेसेज हाइड गर्ने व्यवस्था पनि गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here