नेपाल क्रिकेट संघको निलम्बन कायम

76

काठमाडौं / अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) द्धारा नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन कायम राखेको छ । इंग्ल्यान्डको लन्डनमा बिहीबार बसेको आइसीसीको बोर्ड बैठकले क्यान निलम्बन फुकुवाकाबारेमा कुनै छलफल गरेन । आइसीसीले क्यानमा सरकारी हस्तक्षेप बढेको भन्दै नेपाललाई वि.सं. २०७३ वैशाख १३ गते निलम्बन गरेको थियो । त्यसयता बारम्बार फुकुवाको प्रयास भएपनि सफल हुन सकेको छैन । आइसीसीको प्रतिबन्धमा रहे पनि नेपाली क्रिकेट टोलीले आइसीसीकै निगरानीमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेल्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here