सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै वडा कार्यालयमा तालाबन्दी

232

जुम्ला– सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै तिला गाउपलिका–३ को वडा कार्यालयमा ताला बन्दी गरिएको छ।

ज्येष्ठ नागरिक, एकल महिला र बाल पोषण भत्ता पाउने बच्चाको आमाहरुले वडा कार्यालयमा तालाबन्दी गरेका हुन्।

आर्थिक वर्ष सकिँदा पनि भत्ता नपाएकाले तालाबन्दी गरिएको स्थानीय ज्येष्ठ नागरिकले जनाएका छन्। गत चैतदेखि असारसम्म भत्ता बापतको रकम नपाएको उनले गुनासो गरे। वडा कार्यालयले भत्ता दिन आनाकानी गरेको उनीहरुको आरोप छ।

यता कर्मचारीको ढिलासुस्तीका कारण भत्ता वितरण हुन नसकेको गाउँपालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here