११ जनालाई रोजगारीको प्रलोभन देखाई भारततर्फ लैजाँदै गर्दा पक्राउ

94

मोरङ / रोजगारीको प्रलोभन देखाई भारततर्फ लैजाँदै गरेको अवस्थामा मोरङ उर्लाबारी नगरपालिका-४ बस्ने करन लिम्बु सहित ११ जनालाई बिहीबार राति प्रहरीले उद्धार गरेको छ ।

उनीहरुलाई भारततर्फ लैजाने कार्यमा संलग्न मोरङ उर्लाबारी नगरपालिका- ४ बस्ने फुर्का उराम, फुल कुमारी उराम र सुनसरी हरिनग्रा गाउँपालिका-७ बस्ने हफिज अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा विभिन्न प्रलोभनमा पारी केही व्यक्तिहरूलाई भारततर्फ लाँदै गरेको भन्ने जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरुको उद्दार गरी अभियुक्तहरुलाई पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here