१५ लाख घुससहित ३ इन्जिनियर अख्तियारको फन्दामा

178

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख घुससहित ३ जना इन्जिनियर सहित ४ जनालाई नियन्त्रणमा लिएको छ ।

शनिबार कर्णाली नदी व्यवस्थापन कार्यालय बर्दियामा कार्यरत इन्जिनियर कमल सिटौला, विश्वेश्वर प्रसाद साह, हरी प्रसाद चौधरी र सवारी चालक टंक प्रसाद ओझालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग कोहलपुरको टोलीले घुससहित पक्राउ गरेको हो ।

घुस मागेको उजुरीको आधारमा अख्तियारको नेपालगन्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई निर्माण योजना तारजाली भर्ने कामको बिल रकम भुक्तानी गरे वापत सेवाग्राहीसँग १५ लाख घुस लिइसकेको अवस्थामा बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर १ बाट नियन्त्रणमा लिइएको अख्तियारको नेपालगन्ज सम्पर्क कार्यालयका शाखा अधिकृत नारायणदत्त उपाध्यायले जानकारी दिए । अहिले उनीहरुमाथि थप अनुसन्धान भइरहेको पनि उनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here