रुकुम / बिगत तीन दिनदेखि रुकुम पश्चिममा नेपाल टेलिकमका सबै सेवा अवरुद्ध भएका छन्। नेपाल टेलिकमका फोन तथा इन्टरनेट सेवा अवरुद्ध भएपछि हजारौं ग्राहकहरू मर्कामा परेका छन्। इन्टरनेट सेवा अवरुद्ध भएपछि बैंक तथा वित्तीय संस्थासँगै सञ्चार क्षेत्र सबैभन्दा बढी प्रभावित बनेका छन्। रोल्पास्थित रातामाटा रिपिटर टावरको रेडियोलिंकमा समस्या आएपछि सेवा अवरुद्ध भएको नेपाल टेलिकम कार्यालय रुकुम पश्चिमका प्रमुख कृष्णप्रसाद शर्माले जानकारी पदए। उनका अनुसार उक्त क्षेत्रमा क्षेत्रीय कार्यालय नेपालगञ्जमार्फत प्राविधिकको टोली खटिएर मर्मतको काम जारी रहेको छ।