जंगली च्याउ खाएर १२ जना बिरामी

173

उदयपुर / उदयपुरका दुई छुट्टाछुटै स्थानमा जंगली च्याउ खाएर तीन परिवारका १२ जना बिरामी भएका छन्। बिरामीहरुको मोरङको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ। त्रियुगा नगरपालिका–९ राजाबासमा एक परिवारका पाँच जना र कटारी नगरपालिका–४ सिसाघारीका दुई परिवारका सात जना बिरामी भएका हुन्।

शनिबार दिउँसो १ बजेको समयमा जंगली च्याउ खाएर राजावासका ४० वर्षीय चित्रबहादुर दनुवार, उनकी श्रीमती ३८ वर्षीया फूलमाया,छोरा २० वर्षीय अनिश, ११ वर्षीय मनिस र छोरी १७ वर्षीया रबिना बिरामी परेका हुन्।

यसैगरी कटारी सिसाघारीकी ३५ वर्षीया टंककुमारी दनुवारले जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा टंक कुमारीसहित छोराहरु १४ वर्षीय अनिष र ११ वर्षीय महेन्द्र तथा नौ वर्षीय छोरी सुजिता बिरामी भएका छन्। यस्तै उनीहरुकै छिमेकी २० वर्षीया गंगाकुमारी तामाङ, १९ वर्षीया लक्ष्मी तामाङ र १७ वर्षीया समिता तामाङ पनि बिरामी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here