माइला लामालाई रिहा गर्न माग

223

बुटवल– अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष एवम् जनकलाकार माइला लामालाई प्रहरीले मध्यरातको समयमा काँडाघारीबाट गिरफ्तार गरिएकोप्रति विरोध गर्दै अखिल नेपाल जनसांस्कृतिक महासङ्घले उहाँको तत्काल बिनासर्त रिहा गर्न माग गरेको छ ।

नेपालको महान् जनयुद्धको दौरानमा सांस्कृतिक क्षेत्रबाट मात्र नभएर सङ्गठनात्मक क्षेत्रबाट समेत महत्वपूर्ण योगदान पु¥याउनुभएका लामा महान् जनयुद्धका घाइते योद्धा समेत भएको भन्दै माइला लामाको गिरफ्तारी ओली–प्रचण्ड सरकारको फासीवादी हर्कत भएको जनाएको छ ।

महासंघका महासचिव खेम थपलियाद्वारा जारी गरिएको प्रेस विज्ञप्तीमा भनिएको छ– “बेथानमोर्चाका घाइते योद्धा एवम् राष्ट्रियस्तरका प्रतिष्ठित सर्जक, प्रतिभाशाली, चर्चित कलाकार एवम् सङ्गीतकार माइला लामालाई केवल वैचारिक आस्थाकै आधारमा यसरी अपमानपूर्ण र आपत्तिजनक हिसाबले पक्राउ गरिनु खेदपूर्ण छ । सरकारी भाषामै पनि यो लोकतान्त्रिक मूल्य–मान्यताविपरीत छ ।

यतिबेला देशमा लेखक, कवि, कलाकार, साहित्यकार सबै असुरक्षित हुँदै गएका छन् । यसर्थ, हाम्रो सङ्गठन अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष माइला लामालाई तत्काल बिनाशर्त रिहा गर्न विशेष अपलि गर्दछ । साथै, माइला लामाको गिरफ्तारीको विरोध तथा रिहाइका लागि मानवअधिकारीवादी, कानुनविद्, बौद्धिक–प्राज्ञिकवर्ग, पत्रकार, चलचित्रकर्मी एवम् कलाक्षेत्रका सम्पूर्ण महानुभावहरूलाई यसै वक्तव्यमार्फत हार्दिक आह्वान पनि गर्दछौँ ।”

विज्ञप्तीको पूर्णपाठ–

“अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष एवम् चर्चित जनकलाकार माइला लामालाई प्रहरीले मध्यरातको समयमा ठूलो सङ्ख्यामा रहेका सशस्त्र फौजले घेरा हाली काँडाघारीबाट गिरफ्तार गरिएकोप्रति हाम्रो सङ्गठन अखिल नेपाल जनसांस्कृतिक महाङ्घको गम्भीर ध्यानाकर्षण भएको छ । नेपालको महान् जनयुद्धको दौरानमा सांस्कृतिक क्षेत्रबाट मात्र नभएर सङ्गठनात्मक क्षेत्रबाट समेत महत्वपूर्ण योगदान पु¥याउनुभएका लामा महान् जनयुद्धका घाइते योद्धा पनि हुनुहुन्छ । हामीलाई थाहा छ, देश अहिले अत्यन्त चुनौतीपूर्र्ण मोडबाट गुज्रिरहेको छ । जनयुद्धका एकाथरी सहयात्रीहरू अहिले सरकारमा छन् । हिजो जनयुद्धमा सँगै लडेका, सँगै मुक्ति या मृत्युको कसम खाएहरूका बीचमा अहिले नेपालको क्रान्तिकारी कम्युनिस्ट राजनीतिमा आश्चर्यजनक रूपमा बदलाव आएको छ । हिजो प्रचण्डको नेतृत्वमा जुन सपनाका साथ योद्धाहरू लडेका थिए, प्रचण्डहरूले आफ्नो दिशा बदलेपछि उनै प्रचण्डले देखाएका सपना पूरा गर्न अहिले कमरेड विप्लवको नेतृत्वमा एकीकृत जनक्रान्ति भइरहेको छ । तर दुःखका कुरा, हिजोका सहयात्रीहरू आज विभिन्न शक्तिकेन्द्रको निर्देशनमा अमानवीय, क्रूर र फासिवादी बन्दै गएका छन् । जनकलाकार माइला लामाका गिरफ्तारी ओली–प्रचण्ड सरकारको त्यही फासिवादी हर्कत हो ।

हिजो जनयुद्धकालमा विचारलाई जनताबीचमा पु¥याउन, जनतालाई एकताबट पार्न तथा बेला–बेलामा आन्दोलनमा आउने र आउन सक्ने निराशा तथा भड्काउका विरुद्ध लड्दै विचार, नेतृत्व, सङ्गठन र आन्दोलनलाई सही मार्गमा निर्देशित गर्ने विचारधारात्मक काम जनसांस्कृतिक क्षेत्रबाट हुँदै आएको कुरा सर्वविदितै छ । जनताको महान् अभियानमा हाम्रो सङ्गठनका तत्कालीन अध्यक्ष कृष्ण सेन ‘इच्छुक’ सहित १७० भन्दा बढीले सहादत प्राप्त गरिसकेका छन् । आजका प्रचण्ड–बादलहरूलाई कमसेकम नेताको पगरी गुथाउन पनि यो क्षेत्रको योगदान सामान्य छैन । यस्तो विशिष्ट क्षेत्रमा क्रियाशील र ऐतिहासिक भूमिका पूरा गर्दै हालसम्म क्रियाशील रहेका क्रान्तिकारीहरूलाई अपराधीलाई जस्तै मध्यरातमा ओछ्यानबाट छोप्नु सामान्य नैतिकता एवम् मानवअधिकारको दृष्टिले पनि उदेकलाग्दो कुरा हो ।

कुनै बेला प्रचण्ड–बादलहरूलाई गीतकार, सङ्गीतकार एवम् युवानेता माइला लामा जतिखेर पनि आवश्यक भइरहन्थ्यो । केही प¥यो भने यी नेताहरूको मुखमा सबैभन्दा पहिला ‘माइला’ नै आउँथ्यो तर विडम्बना, आज इतिहास उल्टो धारमा दौडिरहेछ । यसले नेपालको राजनीतिक जीवन कष्टकर, धोकाधडीपूर्ण र नरसंहारतिर नै तीव्र रूपमा उन्मुख हुँदै गएको देखाउँछ । बेथानमोर्चाका घाइते योद्धा एवम् राष्ट्रियस्तरका प्रतिष्ठित सर्जक, प्रतिभाशाली, चर्चित कलाकार एवम् सङ्गीतकार माइला लामालाई केवल वैचारिक आस्थाकै आधारमा यसरी अपमानपूर्ण र आपत्तिजनक हिसाबले पक्राउ गरिनु खेदपूर्ण छ । सरकारी भाषामै पनि यो लोकतान्त्रिक मूल्य–मान्यताविपरीत छ । यतिबेला देशमा लेखक, कवि, कलाकार, साहित्यकार सबै असुरक्षित हुँदै गएका छन् । यसर्थ, हाम्रो सङ्गठन अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष माइला लामालाई तत्काल बिनाशर्त रिहा गर्न विशेष अपलि गर्दछ । साथै, माइला लामाको गिरफ्तारीको विरोध तथा रिहाइका लागि मानवअधिकारीवादी, कानुनविद्, बौद्धिक–प्राज्ञिकवर्ग, पत्रकार, चलचित्रकर्मी एवम् कलाक्षेत्रका सम्पूर्ण महानुभावहरूलाई यसै वक्तव्यमार्फत हार्दिक आह्वान पनि गर्दछौँ ।”

महासचिव
खेम थपलिया
२०७६ साउन ५ गते ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here