रसियन सैन्य विमानमाथि दक्षिण कोरियाको चेतावनी

75

एजेन्सी / दक्षिण कोरियाली लडाकु विमानले मंगलबार रसियन सैन्य विमानमाथि तीन सयभन्दा बढी चेतावनी फायरिङ गरेको छ । रसियन सैन्य विमानले दक्षिण कोरियाको हवाइ क्षेत्रमा प्रवेश गरेको भन्दै चेतावनी दिइएको दक्षिण कोरियाली रक्षा मन्त्रालयका अधिकारीले जनाएका छन् ।

दक्षिण कोरियाली संयुक्त सैन्य प्रमुखले रसियन ए(५० कमाण्ड र नियन्त्रण हवाइ सैन्यविमानले दुईपटक दक्षिण कोरियाको पूर्वी क्षेत्रमा मंगलबार बिहान हवाइ नियम उल्लंघन गरेको आरोप लगाएका छन् । कुनै अर्को राष्ट्रले दक्षिण कोरियाली हवाइ क्षेत्रको नियम उल्लंघन गरको यो पहिलो पटक भएको मन्त्रालयले जनाएको छ ।

रसियन(चाइना संयुक्त सैन्य अभ्यास भइरहेको बेला हवाइ क्षेत्रमा प्रवेश गरेको बताइएको छ । केही घण्टाअघि सिओल क्षेत्रमा दुई वटा चाइनिज एच-६ बम्बर्स प्रवेश गरेको र त्यसलगत्तै दुई वटा रसियन सैन्य विमान उडेको जनाइएको छ । तर, रसियन सरकारले भने दक्षिण कोरियाले लगाएको आरोपको खण्डन गरेको छ । रसियाले दुई वटा दक्षिण कोरियाली एफ-१६ जेटमार्फत रसियन टीयू-९५ बम्बर्सलाई तर्साएको दाबी गरेको छ ।

रसियन रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै रसियन रणनीतिक मिसाइल बाहक विमानमाथि अनौपचारिक युद्ध अभ्यास गरेको र त्यो दक्षिण कोरियाली सुरक्षाको लागिमसेत खतरा हुने जनाएको छ ।

यस विषयमा चीनको परराष्ट्र मामिला मन्त्रालयले भने आफूलाई यसको विस्तृत विवरण जानकारी नभएको र रक्षा विभागसँग सोधेर बताएको जनाएको छ । यो घटना पूर्वी समुन्द्रमा भएको टापु अर्थात जापानको समुन्द्रको आकाशमा मंगलबार बिहान भएको सीएनएनले जनाएको छ ।

दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा कार्यालयका निर्देशक छुङ इयू योङले आफूले रसियन अधिकारीलाई यस घटनाको विषया ुकडाु सन्देश पठाएको बताएका छन् । उनले भने, ‘हामीले यस घटनालाई गम्भीरताका साथ लिएका छौं । यदी यस्तो प्रकारको घटना दोहोरिएमा हामीले कडा कदम चाल्न बाध्य हुनेछौं ।’ तर, त्यो कदम कस्तो हुन् विषयमा भने स्पष्ट पारेनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here