राजकुमारी डायनाको पुनर्जन्म भएको चार वर्षे बालकको दाबी

331

एजेन्सी / अष्ट्रेलियाका टिभी प्रस्तोता डेभिड क्याम्पबेलका चार वर्षका छोरा बिलीले  दिवंगत राजकुमारी डायनाको पुनर्जन्म भएको र उनको जीवनबारे पनि थाहा भएको दाबी गरिरहेका छन् । तीन सन्तानका ४५ वर्षे बुवाले स्टेलर म्यागजिनको स्तम्भमा लेखेको लेखलाई अहिलेसम्मको अचम्मको लेखको संज्ञा दिएका छन् ।

उनका अनुसार उनका कान्छा छोराले दुई वर्षको हुँदा डायनाको फोटो भएको एउटा कार्ड देखाउँदै भने, ‘हेर त, म राजकुमारी हुँदाको मेरो फोटो ।’ राजपरिवारबारे केही कुरा नसिकाइकनै पनि बिल्लीको अचम्मको कुरा नरोकिएको डेभिडले जनाए । डेभिडका अनुसार उनका छोराले एकपटक आफ्नो जोन नामको दाइ भएको पनि जनाए । । जोन राजकुमारी डायनाका दाइ हुन् जसको डायनाको जन्म अगावै मृत्यु भएको थियो । त्यसको केही दिन पछि उनले आफ्ना दुई ‘केटा’ भएको पनि जनाए । ‘केटा’ हरुको नाम उनले विलियम्स र ह्यारी जनाए ।

‘उनले आफ्ना दुई ‘केटा’ बारे कुरा गर्न थाले,’ डेभिडले सम्झिए । ‘जब उनलाई को केटा बारे कुरा गरिरहेको भनेर सोधियो तब त्यतिबेला तीन वर्षका मेरा छोराले मेरा ‘छोराहरु’ भने ।’

साथै, डेभिडका कान्छा छोराले बाल्मोरलबारे पनि स्पष्ट जानकारी दिएका थिए । बाल्मोरल रानीको मनपर्ने निवास हो । उनले उक्त निवास आफ्नै आँखाले नदेखेपनि कस्तो छ भनेर जानकारी दिएको डेभिडले दाबी गरे । ‘उनले हाम्रो स्कटल्याण्डका साथीलाई आफू राजकुमारी डायना हुँदा उक्त महलमा जाने गरेको र त्यहाँ युनिकर्न भएको र त्यसलाई बाल्मोरल भन्ने गरेको बताए,’ उनका बुवाले भने ।

‘स्कटल्याण्डको राष्ट्रिय जनावर युनिकर्न हो र उक्त महलको भित्तामा युनिकर्न भएको उसलाई कसरी थाहा भयो ?’

ती बालकले हालै एउटा कमेन्ट गरेका छन् जसमा उनले डायनाको मृत्युबारे जनाएका छन् । ‘लिसाले उनलाई डायनाको अर्को फोटो देखाइन्,’ डेभिडले थपे । ‘म राजकुमारीको रुपमा । त्यसपछि एकदिन साइरन आयो र म त्यसपछि राजकुमारी रहिनँ ।’

राजकुमारी डायनाको राजकुमार चार्ल्ससँग सन् १९८१ मा विवाह भयो । यी दुईका दुई सन्तान छन् – विलियम्स र ह्यारी । दुर्भाग्यवश, डायनाको सन् १९९७ को अगस्ट ३१ तारिखमा पेरिसमा कार दुर्घटनामा निधन भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here