गृहमन्त्री थापालाई माइला पत्नी मनुको आक्रोश मिश्रित भावनात्मक प्रहार

431

काठमाडौं / माइलाको पक्राउपछि भावुक भएकी उनकी पत्नी मनु तामाङले सामाजिक सञ्जालमा बादललाई व्यंग्य गर्दै सन्देश लेखिन्,‘बादल दाई हजुरको भन्दा पछि मेरो लास परेछ भने म पक्कै पुष्पगुच्छा लिएर आउनेछु’ । हजुरको कार्यकाल सफल होस् !’

कुनै बेलाका सहयोद्धा रामबहादुर थापा बादल गृहमन्त्री बनेको समयमा ज्यान मारेको आरोपमा माइला लामा जेल चलान भएपछि माइला पत्नी मनु तामाङले मंगलबार राति स्टाटस लेख्दै बादल मन्त्री नियुक्त हुँदा शुभकामना दिन गएको तस्बिर समेत राखेकी छन् ।

गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालय अगाडि एकजनाको ज्यान जाने गरी भएको घटनाको आरोपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको उपत्यका इन्चार्ज माइला लामालाई नख्खु जेलमा चलान गरिएको छ। कर्तब्य ज्यान र विस्फोटनसम्बन्धी मुद्दामा जिल्ला अदालत ललितपुरको आदेशमा लामालाई मंगलबार विप्लवका स्थायी समिति सदस्य हेमन्तप्रकाश वलीलाई थुनेकै नख्खु जेलमा पठाइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here