त्रिविका प्राध्यापकले अन्यत्र अध्यापन गराउन नपाउने

151

काठमाडौं / त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा पढाइरहेका प्राध्यापक, सह प्राध्यापक तथा उप प्राध्यापकले नीजि तथा सामुदायिक क्याम्पसमा अध्यापन गराउन नपाउने नियम ल्याउने भएको छ ।

त्रिविले बुधबार सूचना जारी गरेर सबै प्राध्यापकलाई यस्तो निर्देशन दिएको हो। अन्यत्र अध्यापन गराउने हो भने त्रिविको अनुगमन निर्देशनालयबाट अनिवार्य अनुमति लिनुपर्ने सूचनामा उल्लेख छ। यसरी अनुमति लिंदा सम्बन्धित प्राध्यापकले आंगिक क्याम्पसमा  अध्यापन गराइरहेको भन्दा फरक सिफ्ट हुनुपर्छ। एकै सिफ्टमा आंगिक र नीजि क्याम्पसमा अध्यापन गराइरहेको पाइएमा कारबाही गरिने पनि त्रिविले जनाएको छ। त्रिविका प्राध्यापकलाई आंगिक क्याम्पसमा अध्यापन गराउन छोडेर नीजिमा अध्यापन गराइरहेको आरोप लाग्ने गरेको छ। त्रिविले यस्तो कामलाई न्यूनीकरण गर्न समय समयमा अनुगमन गरेपनि प्रभावकारी हुन सकेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here