सर्प र विषालु कीराको छ्यापछ्याप्ती

238

सिरहा / डुबानग्रस्त स्थानहरूमा अहिले विषालु कीराको प्रकोप बढ्न थालेको छ ।गत असार २७ र २८ गते आएको बाढीले पूर्वी तटमा पर्ने सिरहाको सारश्वर, बेल्हा, गम्हरिया, कठ्खोल्वा लगायतका वस्तीहरू डुबानमा छन् । ती क्षेत्रहरूमा अहिले विभिन्न किसिमका विषालु कीराको प्रकोप बढ्न थालेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार, डुबानग्रस्त क्षेत्रमा मात्रै मङ्गलबारसम्म विषालु सर्पको डसाईबाट दुई जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा सारस्वरकी ५ वर्षीया सन्ध्या कुमारी साह र कर्जन्हा नगरपालिका–१ स्थित बन्दीपुर बस्ने २३ वर्षीय तिलक बराल रहेका छन् ।

सर्पको अतिरिक्त बाढीपीडितलाई विच्छु, खजुरी तथा अन्य विषालु कीराले समेत पिरोलेको छ । बाढीले घरगोठ डुबाएपछि खान, बस्न र सुत्नेसम्मको जोहो गर्न नसकिरहेका बेला विषालु कीराले दुःख दिन थालेकोले थप समस्या भएको सिरहावासीले दुखेसो पोखेका छन् ।

जिल्ला दैवी प्रकोप उद्धार समितिले भने डुबानग्रस्त क्षेत्रमा संभावित बाढीको साथै जमिनमा घस्रिएर हिड्ने विषालु कीरादेखि बाढीपीडितलाई सतर्क रहन पटक पटक माइकिङ्ग गराइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here