फिफा वरीयतामा नेपाल एक स्थान तल झर्दै १६६ औं स्थानमा, बेल्जियम शीर्ष स्थानमा

162

एजेन्सी / विश्व फुटबल महासंघ फिफाले हरेक महिना सार्वजनिक गर्ने वरीयतामा नेपाल एक स्थान तल झर्दै १६६ औं स्थानमा पुगेको छ । त्यस्तै दुई स्थान तल झरेको भारत १०३ औं स्थानमा छ । एसियाकै अरु देशको कुरा गर्दा माल्दिभ्स १५२ औं स्थानमा छ । १ स्थान सुधार गरेको बंगलादेश १८२ औं स्थानमा पुगेको छ भने भुटान १८६ औं स्थानमा यथावत् छ । त्यस्तै श्रीलंका २०० औं र पाकिस्तान २०४ औं स्थानमा छ ।

फिफा वरीयताको शीर्ष स्थानमा बेल्जियम नै छ । विश्व विजेता फ्रान्सलाई पछि पार्दै कोपा अमेरिका च्याम्पियन बनेको ब्राजिल दोस्रो स्थानमा उक्लिएको छ । फ्रान्स तेस्रो स्थानमा रहँदा इंग्ल्यान्ड चौथों स्थानमा यथावत् छ भने तीन स्थान सुधार गरेको उरुग्वे पाँचौं स्थानमा उक्लिएको छ । शीर्ष छैटौंदेखि दशौं स्थानमा क्रमशः पोर्चुगल, क्रोएसिया, कोलम्बिया, स्पेन र अर्जेन्टिना छन् । एसियाली देशहरुमा इरान शीर्ष स्थानमा छ । इरान ३ स्थान झरेर २३ औं स्थानमा पुगेको हो । पाँच स्थान खस्किएको जापान ३३ औं स्थानमा र दक्षिण कोरिया ३७ औं स्थानमा यथावत् छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here