उत्तर कोरिया र इरानसँग छलफल तयार छौंः अमेरिका

72

एजेन्सी / अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले अमेरिका इरानसँग छलफल गर्न तयार भएको जनाएका छन्। बढ्दो तनावका बीच आफूहरु वार्ता गर्न इच्छुक भएका पोम्पियोले जनाएका हुन्। हाल अमेरिका र इरानबीच परमाणु हतियारको विषयलाई लिएर तनाव जारी छ। अमेरिका इरानले परमाणु हतियार नबनाओस् भन्ने चाहन्छ। इरानले युरेनियमको उत्पादन तिव्र रुपमा गरिरहेको छ। जसले हतियार बनाउन मदत गर्दछ।

यस्तै बिहीबार पोम्पियोले आफूहरु उत्तर कोरियासँग पनि वार्ता गर्न तयार भएको जनाएका छन्। उनले भने, ‘उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षणलाई निरन्तरता दिइरहँदा पनि हामी वार्ताको लागि तयार छौं।’

हालैका दिनमा अमेरिकालाई दबाब दिन उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरिरहेको छ। गत वर्षको जुन महिनामा र यसै वर्षको फेब्रुअरीमा उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच दुईपटक शिखर वार्ता भयो। तर सहमति भने हुन सकेन। केही समय अगाडि फेरि ट्रम्प र किमबीच उत्तर कोरियाको भूमिमै छलफल भएको थियो।

उत्तर कोरियाले आफूमाथि लगाइएको प्रतिबन्धहरु पूर्ण रुपमा फुकुवा भएमात्र क्षेप्यास्त्र परीक्षण त्याग्ने जनाइएको छ । अमेरिका भने पूर्ण प्रतिबन्ध फुकुवाको पक्षमा छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here