पूर्व राजा ज्ञानेन्द्रले भने– ‘रअ’प्रमुखलाई भेटेको छैन

217

काठमाडौँ– पूर्व राजा ज्ञानेन्द्र शाहले भारतीय गुप्तचर निकाय ‘रअ’ का प्रमुखलाई नभेटेको जनाएका छन् ।

पूर्व राजा शाहका सचिव डा. फणिराज पाठकले  आज बिहान एक विज्ञप्ति निकाल्दै यस्तो दाबी गरेका हुन् ।

पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट मध्यरातमा भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखलाई भेटेको भन्ने विभिन्न सञ्चार माध्यमहरुले सार्वजनिक गरेका खबर पूर्णतया झूठो भएको जानकारी गराउन चाहन्छु ।’

साथै विज्ञप्तिमा यस्ता कपोकल्पित समाचारले राष्ट्रको गरिमा घटाउने र नेपालीको सम्मानमा ठेस लाग्ने उल्लेख छ । ‘यस्ता कपोलकल्पित, मनगढन्ते र राष्ट्रको गरिमा घटाउने समाचारहरूले नेपाल र नेपालीको गर्व र सम्मानमा ठेस लाग्ने भएकोले यस्ता समाचार सम्प्रेषण गरेर पत्रकारिताको धर्म र समाजप्रतिको दायित्व नबिर्सन अनुरोध गर्दछु’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here