युट्युबको नयाँ फिचर, कम खर्चको डाटा प्रयोग गरेर गीतमात्र सुन्न सकिने

70

एजेन्सी / भिडियो स्ट्रिमिङ प्लाटर्फम युट्युबले आफ्ना प्रयोगकर्ताका लागि नयाँ फिचर ल्याएको छ । थप गरिएको उक्त नयाँ फिचरका कारण अब युट्युवको गीत स्ट्रिमिङ्ग हुने प्लाटर्फम युट्युब म्युजिकमा कम डाटा खर्च गरी गीत सुन्न तथा हेर्न सकिनेछ । तथापि यो फिचर केवल प्रिमियम प्रयोगकर्ताका लागि मात्र उपलब्ध हुनेछ ।

नयाँ फिचर अनुसार अब युट्युब म्युजिकको प्रियिम सेवाका प्रयोगकर्ताले युट्युबमा कुनैपनि गीतको भिडियो हेर्ने कि गीतमात्रै सुन्ने भन्ने कुरा रोज्न पाउनेछन् । कमजोर वाइफाइ तथा मोबाइल इन्टरनेट नेटवर्क भई युट्युबमा भिडियो खुल्न कठिनाई झेल्नुपर्ने अवस्थामा समेत यो फिचरले निक्कै काम दिनेछ । किनकी अब गीतमात्र सुन्नका लागि युट्युबमा भिडियो चलाउनु पर्नेछैन । भिडियो हेर्ने कि गीतमात्र सुन्ने भन्ने कुरा चाहेको बेला प्रयोगकर्ताले रोज्न सक्नेछन् । यसो गर्दा डाटा पनि कम खपत हुनेछ ।

यसरी गर्नेछ काम
जुनबेला युट्युब म्युजिक लञ्च भयो त्यहीँबेला देखि नै प्रयोगकर्ताहरुले यसमा भिडियो मात्र नभै अडियो मात्रै सुन्न पाउने फिचर थप गर्न माग गर्दै आएका थिए । प्रयोगकर्ताको यहीँ मागलाई ध्यानमा राख्दै युट्युबले यो फिचर ल्याएको हो । यो फिचर जारी भएसँगै अब म्युजिक प्लेयरमा माथिपट्टि एक बटन उपलब्ध छ । त्यसमा क्लिक गरेर बजिरहेको गीतको अडियो मात्र सुन्ने कि भिडियो पनि हेर्ने भन्ने कुरा रोज्न सकिन्छ र आफुलाई मन लागेको बेला अडियो वा भिडियो फम्र्याटमा परिवर्तन गर्न सकिनेछ । यो फिचरको सबैभन्दा महत्वपूर्ण कुरा भनेको यसले गीतलाई रियल टाइममा स्विच गर्दछ ।

५० लाख गीत म्याच गरियो
युट्युबमा अनुसार उसले अहिलेसम्म आफ्नो आधिकारिक म्युजिक एपमा ५० लाख गीतलाई समायोजन गरिसकेको छ । आगामी दिनमा छिट्टै नै बढि भन्दा बढि गीतलाई यो नयाँ फिचरमा समायोजन गरिने उसले जनाएको छ ।

यसरी प्रयोग गर्नुहोस् नयाँ फिचर
युट्युब प्रिमियम तथा युट्युब म्युजिकको प्रिमियम प्रयोगकर्ताले म्युजिक एपका लागि ल्याइएको यो नयाँ फिचर प्रयोग गर्न सक्नेछन् ।  केही समयमै सबै प्रयोगकर्ताले यो फिचर प्रयोग गर्न पाउने युट्युबले जनाएको छ । यो फिचरको मज्जा लिनका लागि तपाइँको एन्ड्रोइड वा आइओएस डिभाइसमा युट्युब म्युजिक एपको लेटेस्ट भर्सन अपडेट हुनुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here