योगले विद्यार्थिलाई अनुशासित बनाउँछ

100

शरद रेग्मी

तुलसीपुर /  राप्ति बाल एकाडेमि तुलसीपुर ६ को आयोजनामा योग सम्वन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका छात्र छात्राहरुलाई योग तथा ध्यानको माध्यमबाट अनुशासित तथा नैतिकबान बनाउने उद्धेश्यले २ दिन सम्म भएको प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको हो । बिद्यालयका प्रिन्सिपल ठाकुर प्रसाद डागिको अध्यक्षता तथा एन प्याव्सन दाङका वरिष्ठ उपाध्यक्ष बिमल गौतमको प्रमुख आतित्थ्यता एवम योग प्रशिक्षक रविन्द्र वस्नेतको विशिष्ट आतित्थ्यतामा प्रशिक्षण कार्यक्रमको समापन गरिएको हो ।

्सो अवसरमा बोल्दै प्रमुख अतिथि गौतमले योग र ध्यानले बालबालिकाहरुको मानसिक बिकासमा सहयोग पुग्ने बताउनु भयो । उहाँले योग र ध्यान गर्नाले चरित्रबान तथा अनुशासित वन्न सहयोग पु¥याउने भन्दै सिकेको योग तथा ध्यानका अभ्यासलाई दैनिक जिवनमा प्रयोगमा ल्याउन विद्यार्थिहरुलाई आग्रह गर्नुभयो । साथै गौतमले राप्तिबाल एकाडेमि अनुसासन र सास्कारिक बिद्यालयको रुपमा परिचित भएको भन्दै यस्ता खालका प्रशिक्षण कार्यक्रमले अझै बिद्यालयलाई थप उचाईमा पु¥याउने जनाउनु भयो ।

त्यस्तै कार्यक्रममा बोल्दै योगगुरु वस्नेतले योग र ध्यानका माध्यमबाट आफुले देशलाई माया गर्ने तथा देशका लागि केहि गर्छु भन्ने युवा जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको जनाउनु भयो ।

त्यस्तैगरि समापन कार्यक्रममा बोल्दै बिद्यालयका प्रिन्सिपल ठाकुर प्रसाद डागिले बालबालिकाहरुलाई नैतिक र चरित्रबान बनाउने लक्ष्यका साथ प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । साथै डागिले विद्यालयको वार्षिक नियमित कार्यक्रम अन्र्तगत प्रत्येक वर्ष यो कार्यक्रमलाई निरन्तरता दिदै आएको जनानु भयो ।

 समापन कार्यक्रममा कक्षा १० मा अध्यणरत छात्र किरण भुषाल , छात्रा कृति डागि लगाएतकाले बोल्नु भएको थियो ।कार्यक्रमको संचालन बिद्यालयका शिक्षक विरेन्द्र चन्दले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here