शंकित रकम सहित पक्राउ

243

धनुषा / शहीदनगर नगरपालिका-३ यदुकुवाबाट शंकित अवस्थामा हिँडिरहेका गोठकुवा बस्ने २१ वर्षीय गोविन्द यादवलाई ३ लाख ३९ हजार ५ सय रुपैयाँ नगद सहित प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित पारस मनिट्रान्सफरको सटरको ताल्चा फुटाई टेबलको घर्रामा रहेको उल्लेखित नगद रकम चोरी भएकोमा उक्त चोरीमा गोबिन्द संलग्न रहेको बुझिएको छ । साथै अनुसन्धानको क्रममा सोही ठाउँ बस्ने २८ वर्षीय रामु यादव समेतलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here