नेपाललाई कुवेतले दियो १ सय ४२ रनको लक्ष्य

88

काठमाडौं– आइसिसी टी–२० विश्वकप क्रिकेट एसिया छनोट प्रतियोगितामा कुवेतले नेपाललाई १ सय ४२ रनको लक्ष्य दिएको छ।

सिंगापुरको इन्डियन एसोसिएसन मैदानमा टस जितेको नेपालले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको कुवेतले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४१ रन जोड्यो।

कुवेतका लागि कप्तान मोहमद कासिफले सबैभन्दा बढी नटआउट ४९ रन जोड। अन्तिम २ ओभरमा आक्रामक रुपमा प्रस्तुत भएका उनले ३६ बलमा २ चौका र ४ छक्का प्रहार गरे।

यस्तै अडनास एड्रिसले २५ रन जोड्दा मोहमद अस्लामले २३ रनको योगदान दिए।

बलिङमा नेपालका स्पिनरद्वय सन्दीप लामिछाने र बसन्त रेग्मीले ३–३ विकेट लिए। सन्दीपले ४ ओभरमा २१ रन र बसन्तले २० रन दिए। करण केसी २ विकेट र अभिनास बोहराले १ विकेट लिए।

च्याम्पियन बनर विश्व छनोटमा पुग्न नेपाललाई आजको खेल जित्नै पर्ने बाध्यता छ। आजको खेल विजयी भएर आइतबार सिंगापुरलाई हराए नेपाल विश्व छनोटमा पुग्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here