रियल म्याड्रिडले पाेस्टमा एथ्लेटिको म्याड्रिडकाे ७ गाेल, डिएगो कोस्टाले गरे ४ गाेल

151

एजेन्सी– रियल म्याड्रिडले चिरप्रतिद्वन्द्वी एथ्लेटिको म्याड्रिडसँग लज्जास्पद हार बेहोरेको छ ।

शुक्रबार अमेरिकाको न्युजर्सीमा भएको खेलमा रियल ७–३ गोल अन्तरले पराजित भएको हो ।

एथ्लेटिकोलाई जीत दिलाउन डिएगो कोस्टा एक्लैले चार गोल गरे । पहिलो हाफमा नै रियलले ५ गोल खाएको थियो ।

मेटलाइफ स्टेडियममा भएको एकतर्फी खेलमा कोस्टाले खेलको पहिलो मिनेटमा नै गोल गरे भने एथ्लेटिकोका नयाँ अनुबन्ध जोआओ फेलिक्स र एन्जल कोरयाले एथ्लेटिकोको अग्रता फराकिलो बनाए ।

त्यसपछि कोस्टा दुई गोल थप्दै आफ्नो ह्याट्रिक पूरा गरे । दोस्रो हाफ शुरु भएलगत्तै कोस्टाले अर्को गोल थपे । खेलको ७० औँ मिनेटमा भिटोले उत्कृष्ट सोलो गरे ।

रियलका लागि नाचो फर्नान्डेज, करिम बेन्जेमा र ज्याभी हर्नान्डेजले गोल गरे पनि त्यो सान्तवना गोल मात्र बन्यो ।

यता, रियलका नयाँ अनुबन्ध लुका जोभिचले खेलमा घाइते हुँदै मैदान छाड्न बाध्य भएका थिए ।

त्यस्तै, खेलमा डिएगो कोस्टा र ड्यानी कार्भाहलबीच विवाद भएपछि दुवैलाई मैदान बाहिर पठाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here