बालुवाटार जग्गा प्रकरणमा मुछिएका श्रेष्ठले सपिङ मलबाट हाम फालेर गरे आत्महत्या

407

काठमाडौं- नेपाली कांग्रेस पर्वतका नेता तथा पूर्वकर्मचारी युक्तप्रसाद श्रेष्ठले आईतबार आत्महत्या गरेका छन् । श्रेष्ठले माछापोखरीस्थित सपिङ मलको सातौं तलाबाट हामफालेर आत्माहत्या गरेका हुन् ।

मलको सातौँ तलाबाट हामफाल्ने बित्तिकै उनलाइ अस्पताल लगिएको थियो तर अस्पताल पुर्याउने बित्तिकै उनलाई डाक्टरले मृत घोषणा गरेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।

बालुवाटारको सरकारी जग्गा निजी बनाउने कार्यमा उनको संलग्नता रहेको भन्दै अख्तियार अनुसन्धान आयोगले श्रेष्ठलाई छानिबनको दायरामा ल्याएको थियो । सोही कारणा उनले आत्महत्या गरेको प्रारम्भिक अनुमान गरिएको छ ।

केही दिनअघि अख्तियारले अनुसन्धानको क्रममा श्रेष्ठ मालपोत कार्यालय डिल्लीबजारमा नासुको रूपमा कार्यरत रहँदा ललिता निवासको जग्गा व्यक्तिका नाममा बनाउनका लागि फाइल खडा गर्ने कार्यमा संलग्न रहेको भन्दै उनलाई अनुसन्धानको दायरामा ल्याएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here