चिलीको समुन्द्रमा नौसेनाले सुरक्षा दिएर ल्याएको चालिस हजार लिटर डिजेल पोखियो

194

एजेन्सी / दक्षिण अमेरिकी मूलुक चिलीको समुन्द्रमा चालिस हजार लिटर डिजेल पोखिएको छ। शनिबार ग्वारेल्लो टापु नजिकै रहेको समुन्द्रमा चिलीका नौसेनाले सुरक्षा दिएर ल्याइरहेको ठूलो परिमाणको डिजेल समुन्द्रमा पोखिएको हो।

डिजेल पोखिएर दक्षिण प्रशान्त महासागरसम्म पुगेको जनाइएको छ। अधिकारीहरुका १५ हजार लिटर पानीसहितका डिजेल निकालिएको छ। ठूलो परिमाणमा डिजेल समुन्द्रमा खसेपछि यसले समुन्द्रको वातावरणमा गम्भीर अवस्था निम्ताउने वातावरण विदहरुले चेतावनी दिएका छन्। यसबारेमा चिलीका नौसेनाले अनुसन्धान जारी राखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here