उदित नारायणलाई ज्यान मार्ने धम्की

30

काठमाडौं– नेपाली तथा हिन्दी चलचित्रका प्रसिद्ध गायक उदितनारायण झाले आफूलाई ज्यान मार्ने धम्की आएको जनाएका छन् ।

अपरिचित नम्बरबाट ज्यान मार्ने धम्की आएको उनले खुलासा गरेका छन् । उनलाई उक्त फोन बिहारबाट आएको प्रहरीले जनाएको छ । यस्तै उनलाई फोन गर्ने नम्बर चोरीको रहेको पनि पत्ता लगाएको छ ।

अम्बोली प्रहरी चौकीका वरिष्ठ प्रहरी निरीक्षक भरत गायकवाडका अनुसार उदितलाई पटक–पटक ज्यान मार्ने धम्की आइरहेको छ । ‘नारायणका अनुसार फोनकर्ताले उनलाई धम्की दिइरहेको छ’, निरीक्षक गायकवाडले भने ।

यस्तो घटनासँगै प्रहरीले उदित नारायणको निवासमा सुरक्षा निगरानी बढाएको छ । सादा पोसाकमा खटिएका प्रहरी अधिकारीहरूले निरन्तर शंकास्पद व्यक्तिमाथि निगरानी गरिरहेका छन् ।’

प्रहरीको सोधपुछका क्रममा धम्की आउने नम्बर उदित बस्ने भवनमै रहेका सुरक्षा गार्डको रहेको पत्ता लागेको छ । उनको मोबाइल तीन महिना पहिले बिहार जाँदा रेलमा हराएको प्रहरी सोधपुछमा जनाएका छन् । तर उनले फोन हराएको खबर प्रहरीलाई गरेका थिएनन् । प्रहरीले ती गार्डको मोबाइल फोन चोरी वा भेटिएको भए पनि त्यहाँ उदितको नम्बर सेभ रहेको जनाएको छ ।

फोनकर्ताले लगभग एक महिनाअघि पहिलो पटक उदितलाई फोन गरेका थिए । दोस्रोपटक १७ जुलाई र तेस्रो पटक २३ जुलाईमा फोन आएको निरीक्षक गायकवाडले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here