कोशी ब्यारेजको कन्ट्रोल नेपालको मातहत ल्याउन सुझाव

191

काठमाडौ, बाढी प्रभावित जिल्लाको स्थलगत अनुगमन गरेको संसदीय समितिको टोलीले कोशी ब्यारेजको कन्ट्रोल नेपालको मातहत ल्याउन सुझाव दिएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको टोलीले गरेको स्थलगत अनुगमन पछि यस्तो सुझाव दिएको हो ।

अनुगमन टोलीले ‘कोशी ब्यारेजमा रहेको कन्ट्रोल रुम नेपालीले नै चलाउनुपर्ने, नदीको बहाव क्षमता स्वतः स्फुर्त बनाउन सडकको कल्भर्ट फराकिलो राख्नुपर्ने, कमला नदी, त्रियुगा नदी जस्त मुख्य कटान गर्ने तथा बाँध भत्किएका नदीहरुको उचित व्यवस्थापन तथा सुधार गर्नुपर्ने’ सुझाव दिएको छ । संसदीय समितिले नेपाली भूमि डुबानमा पर्नको कारण पनि भारतीय सीमाका बाँध भएको जनाएको छ । टोलीले ‘नेपाल भारत सीमा भन्दा तल बनेका बाँधहरुबाट नेपाली भूमि डुबानमा पर्ने र भारतीय भूमि बग्ने अवस्था रहेको’ निश्कर्ष निकालेको हो । संसदीय समितिले यसबाट बच्न नेपाल र भारत दुबै देश मिलेर कुटनैतिक पहलबाट काम गर्न आवश्यक रहेको बताएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here