अफगानिस्तानमा झण्डै ४ हजार नागरिक हताहत

94

एजेन्सी / अफगानिस्तानमा सन् २०१९ को जुन महिनासम्ममा कम्तीमा ३ हजार ८ सय १२ जना अफगानी नागरिक मारिएको र घाइते भएको संयुक्त राष्ट्रसंघले जारी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । इस्लामिक आतंकवादी समूहविरुद्धको युद्ध, सरकारी र नाटो नेतृत्वको सैन्य गतिविधिमा झण्डै ४ हजार अफगानी नागरिक मारिएको प्रतिवेदनमा उल्लेख छ ।

तालिवान र अमेरिकाबीच १८ वर्षे अफगान युद्ध समाप्त गर्ने विषयमा वार्ता चलिरहँदा मारिने नागरिकको संख्या भने घटेको छैन । अमेरिकी वार्ताकारहरुले भने आउँदो सेम्टेम्बर १ अघि नै वार्ता टुङ्ग्याउने लक्ष्य लिएका छन् । तालिवान र इस्लामिक स्टेटका आक्रमणकारीद्वारा सन् २०१९ को जनवरी १ देखि जुन ३० सम्ममा ५३१ अफगानी मारिए । त्यस्तै १ हजार ४ सय ३७ जना घाइते बनाइएका छन् । इस्लामिक समूहले सरकारी कर्मचारी, सहयोगी संस्थाका कर्मचारी, धार्मिक अनुयायी, आदिवासी वृद्धवृदा लगायतलाई निशाना बनाएका थिए ।

त्यस्तै सरकार समर्थक ७ सय १७ जना यो ६ महिनाको अवधिमा मारिएका छन् भने ६ सय ८० जना घाइते भएका छन् । यो गत वर्षको सोही अवधिमा मारिनेको संख्याभन्दा ३१ प्रतिशतले बढेको हो । कम्तीमा १ सय ४४ जना महिला र ३ सय २७ जना बालबालिका मारिएका छन् । १ हजारबढी घाइते भएका छन् । यो संख्या देशभन्दा बाहिरका नागरिकको हो ।हवाई आक्रमणमा परि ५ सय १९ जना अफगानी नागरिकको हताहत भएको छ, जसमा १ सय ५० जना बालबालिकाहरु रहेका छन् । अमेरिकी र नाटो नेतृत्वको सेना अफगानिस्तानलाई आतंकवादमुक्त बनाउन मिसनका साथ जुटिरहेका छन् । तर अफगानी सरकार र आतंकवादी संगठन तालिवानले भने संयुक्त राष्ट्रको प्रतिवेदनलाई लिएर कुनै टिप्पणी गरेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here