चितुवाको छालासहित पक्राउ

233

कैलाली /  गोदावरी नगरपालिका-२ अत्तरिया बजारस्थित डेलिसेस होटेलबाट चितुवाको छाला २ थान सहित चुरे गाउँपालिका-१ निगाली बस्ने ३२ वर्षीय रामबहादुर बिष्ट र डोटी गढी केदार गाउँपालिका-५ भैरा बस्ने राजेन्द्र थापालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उक्त होटल जाँच गर्ने क्रममा कोठा नम्बर १ सय ११ मा बसेका उनीहरुलाई उक्त परिमाणको छाला सहित फेला पारी पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here