संसदमा सभामुख महराको कडा चेतावनी

156

काठमाडौं / विपक्षीले अवरोध कायमै राखेपछि प्रतिनिधिसभा बैठक फेरि स्थगित भएको छ । सर्लाही गोलीकाण्ड लगायतका विभिन्न घटनाबारे संसदीय छानबिन समिति बनाउन माग राख्दै विपक्षीले सदन अवरोध जारी राखेपछि सभामुख कृष्णबहादुर महराले भोलि(बिहीबार) दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका हुन् ।

नाराबाजीका क्रममा सांसदहरुले सभामुखको पनि आलोचना गरेका छन् । सांसदहरुले उल्टै आफूविरुद्ध बोल्न थालेपछि सभामुख महराले ‘सभामुखका विरद्ध बोल्न मनाही छ’ भनेर चेतावनी दिएका छन् ।

 बिहान ११ बजे सभामुख कृष्णबहादुर महराले बैठक सुरु गर्ने बित्तिकै कांग्रेस र राजपा सांसदहरुले सिटबाट उठेर रोस्ट्रम घेराउ गर्दै नाराबाजी गरेका हुन् ।

सांसदहरुले ‘संसदीय सर्वोच्चता कायम गर, संसदीय छानवीन समिति गठन गर, निर्मला पन्तका हत्यारालाई कारवाही गर’जस्ता नारा लगाए ।
यसअघि सोमबारको बैठक पनि अवरोधकै कारण स्थगित भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here