हेक्का नराखी सफेद झुठ बोल्ने तपाई ? निर्मलाबारे बोलेका रवीलाई प्रश्नै प्रश्न

173

 काठमाडौं / १३ बर्षिया बालिका निर्मला पन्तको हत्या प्रकरण फेरि चर्चाको विषय बनेको छ । हत्या भएको १ वर्ष बितिसक्दा पनि हत्यारा पत्ता लगाउन सकिएको छैन ।

चर्चिच संचारकर्मी रवि लामिछानेले आफ्नो कार्यक्रम सिधा कुरा जनता सँगमा निर्मला प्रकरणमा अनुसन्धान गर्न गएका निलम्बित डिएसपी अंगुर जिसी सँग अन्तर्वाता गरेपछि यो प्रकरण फेरी एक पटक चर्चाको केन्द्रमा आएको छ ।

अन्तवार्तामा निलम्बीत डिएसपी जिसीले रुँदै दोषी दिलिप सिंह विष्ट नै भएको दावी गरेका थिए । त्यस लगत्तैको कार्यक्रमको फलोअपमा घटना भएको दिनमा दिलिप सिंह विष्टलाई घटना स्थल नजिकै देखेको दावी गर्ने एक महिलाको आवाजलाई प्रस्तुत गरिएको थियो । दिलिप सिंह विष्टनै दोषी भएको आसय सहित सिधा कुरा जनता सँग कार्यक्रमले विभिन्न एपिसोड प्रसारण गर्न थाले पछि यो विषय थप पेचिलो बन्दै गएको छ।

गृहमन्त्री रामबहादुर थापा बादलले समेत कार्यक्रम प्रसारण भएपछि दिलिप सिंह विष्ट माथिनै धेरैको शंका रहेको अभिव्यक्ति दिइसकेका छन् । दिलिप सिंह विष्टनै दोषी भएको भन्ने माहोल बन्दै जाँदा कंञ्चनपुरम रहेर पत्रकारीता गरिरहका पहिले देखिनै दिलिप सिंह विष्टको बचाउँमा लागिरहेको पत्रकार खेम भण्डारीले भने फेरी पनि आफ्नो मिसन सुरु गरेका छन् । लगातार फेसबुक स्टाटस लेख्दै भण्डारीले विष्टको बचाउँमा डिफेन्स गरिरहेका छन् ।

कार्यक्रममा अन्तर्वाता दिएपछि निलम्बीत डिएसपी अंगुर जिसीलाई अंगुर जिसी दुख पाइस मंगले आफ्नै ढंगले भनेर लेखेका भण्डारीले अहिले रवि लामिछानेलाई लक्षित गर्दै अर्को कडा फेसबुक स्टाटस लेखेका छन् । रवि लामिछानेलाई आफ्नो साथी बचाउँन खोजेको आरोप लागाउँदै भण्डारीले रवि विरुद्ध यस्तो स्टाटस लेखेका छन् :

सीधा कुरा जनतासँगमा हिजो मेरो बारेमा रिपोर्ट नै दिइएछ । यस बारे मेरो प्रारम्भिक प्रतिक्रिया यस्तो छ । विस्तृत विश्लेषण पछि प्रस्तुत गर्नेछु,

१– मलाई बेलुका ७:४२ बजे मात्रै मोबाइलमा फोन आएको रहेछ, मैले सुनिनँ तर ७:४३ मा फोन उठाएँ रवि लामिछानेको अफिसको ल्याण्डलाइन । ८:४५ मा कार्यक्रम आउने मलाई १ घण्टा पहिले मात्रै खबर गर्ने । त्यो त ठीकै थियो, म विशेष काममा रहेको हुनाले कार्यक्रममा लाइभ हुन सकिनँ ।

२– कार्यक्रममा प्रस्तुत गरिएका सबै स्टाटस सत्य हुन्, जायज हुन् भन्ने मेरो दावी छ । तिनै स्टाटसको शक्तिले निर्मला प्रकरण यहाँसम्म आइपुगेको हो । मैले ती स्टाटस नलेखेको भए निर्मला ह८त्याकाण्ड सेलाएर निर्दोष जेलमा सडिरहेको आज १ वर्ष हुने थियो । अझै पनि त्यस्ता बलशाली स्टाटस लेख्ने प्रण गर्दछु ।

३– हो म पत्रकार मात्रै होइन । कञ्चनपुरका लागि योद्धा पनि हुँ सामाजिक न्याय, शुसासन र पारदर्शिताको पक्षधर ल८डाकू । मलाई फगत फोस्रो पत्रकार बन्नु थिएन त्यसैले देशकै अग्रणी सञ्चार प्रतिष्ठानको उच्च ओहदा छोडेर, लाभदायक सम्भावना छोडेर म कञ्चनपुर फर्केको हुँ ।

म एक्टिभिस्ट पनि हुँ भनेर लेखेको स्टाटस किन नदेखाएको ? फगत बिक्री हुने पत्रकारको लाइनमा म उभिन चाहदैन । हरेक हप्ता धारणा बदल्ने र विभिन्न स्वार्थमा अल्झेर एपिसोडपिच्छे अडान बदल्ने पत्रकार मलाई बन्नु छैन । हिजो शाही शासनका विरुद्ध पनि मैले यस्तै पत्रकारिता गरेको थिएँ, आज पनि गरिरहेको छु । र, गरिरहने छु । के यो पाप हो र ?

४– घटनाको सतहमा बसेर गहिराईमा डुब्न सकिन्न रवि जी । तपाई कति गहिराईमा डुब्नुभयो भन्ने एटै उदाहरण काफी छ । डिल्ली विष्टको सरकारी मोबाइलमा पठाएको भन्ने म्यासेजको समय र दिलिपलाई सार्वजनिक गरिएको समयकै हेक्का नराखी सफेद झुठ बोल्ने तपाई खोई के मोती खोज्नुहोला खोई ?

५– मैले सिंगो घटनाक्रमलाई प्रभावित गरेको हो भने के गल्ती गरें ? तपाई पनि त प्रभावित गर्न खोज्दै हुनुहुन्छ । मैले कहाँनिर ठोकुवा गरेको छु प्रत्यक्षदर्शी नक्कली हो भनेर ? तपाईको पत्रकारिता सन्तुलित हुँदो हो त मैले प्रत्यक्षदर्शीको स्वागतमा लेखेका स्टाटस किन नदेखाएको ?

६– मैले सोमबार लेखेको शीष्ट र गहन आलेखको उत्तर दिन नसकेर राष्ट्रिय टेलिभिजनबाट मेराविरुद्ध गालीगलौच शैलीमा उत्रनुभयो तपाई ररु सक्नुहुन्छ भने मेरो आलेखको तार्किक खण्डन गर्नुहोस् । सबै कुरा लुकाएर गरिने तपाईको पत्रकारिता र सबै प्रष्ट लेखिदिने मेरो पत्रकारिताबीच लडाई हुनै सक्दैन, स्तर नै मिल्दैन ।

७– तपाई एउटा ‘साथी’ बचाउन लाग्नु भएको छ, मैले नातामा सालो पर्ने व्यक्ति बचाउन किन नपाउने रु पृष्ठभूमि हेर्नुस्, घटनाक्रमको गहिरो अध्ययन गर्नुस् । दिपक नेगी, जीवन घर्ति र चक्र वडू भन्ने नाम थाहा छ तपाईलाई रु थाहा छ भने स्मरण होस् दिलिपभन्दा पहिले प्रहरीले उनीहरुलाई फसाउन खोजेको थियो ।

मेरै स्टाटस र रिपोर्टले उनीहरुलाई फसाउन सकेन प्रहरीले । खोई ती स्टाटस देखाएको ररु र, दिलिपपछिका प्रदीप रावल र विशाल चौधरी १० साउनमा कुखुरा चोरीको आरोपमा वडा प्रहरीको हिरासतमा थिए भन्ने पनि मेरै स्टाटसबाट ब्रेक भएको सत्य हो । लाज लाग्यो ती स्टाटस देखाउन ?

८– दिलिप विष्ट अपराधी हो भने कसले रोकेको छ उसलाई समातेर मुद्दा चलाउन रु तपाईसँग छ केही प्रमाण र सोझै दिलिप अपराधी भन्ने आशयले काम गरिरहनु भएको छ ? प्रत्यक्षदर्शी गोप्य राख्न सल्लाहदिने तपाईको काचो पत्रकारिता सबैले देखिसके । सार्वजनिक हुन दिनुस् त्यो प्रत्यक्षदर्शीलाई अनि थाहा हुन्छ के सत्य, के गलत भन्ने ।

तपाईको जानकारीका लागि त्यो प्रत्यक्षदर्शीलाई टेलिभिजनमा लैजानु परो भनेर महेन्द्रनगरका एक टीभी जर्ननिस्टलाई ६ महिना अगाडिबाटै भनिएको हो । भन्नेहरु न्यायका बिचौलिया थिए । ती पत्रकारले गहन अनुसन्धान पनि गरे तर ती महिला प्रायोजित हुन् भन्ने तमाम प्रमाण पाइयो ।

प्रहरीले पनि त्यसै महत्वहिन ठानेको होइन ती महिलालाई । यदी तिनै महिलालाई तपाईले भयंकर प्रत्यक्षदर्शी ठान्नु भएको हो भने तपाईको कलमले नेपाली पत्रकारितालाई कलंकित गर्नेछ । होइन, अरु कुनै महिला हुन् र उनको बयान ठोस र प्रमाणयुक्त आउँछ भने तपाईको पत्रकारितालाई सबैभन्दा पहिले मैले नै हो सलाम गर्ने ।

९– ट्वीस्ट एण्ड टर्न गरेको तपाईहरुको आरोप नयाँ होइन । बिक्री भएका धेरै पत्रकारहरुले यस्तो आरोप लगाउँदै आएका हुन्, तपाईले त कपी मात्रै गर्नु भएको हो । मैले ट्वीष्ट गरेर अनुसन्धान प्रभावित भयो भन्ने तपाईलाई मेरो प्रश्न छ – बला८त्कारपछि हत्यामा चाहिने कुनै प्रमाण बाँकी छ ?के मैले ट्वीस्ट गरेर ती प्रमाण मेटाएको हो प्रहरीले ? मैले मेट्न लगाएको हुँ रुप्रमाण नमेटिएको भए आज अपराधी घोषित गर्ने जंगेशैली देखिन्थ्यो रु दुःख त के भने तपाई अमेरिकाबाट फर्केको मान्छे, उ त्यो चोर हो भनेर राणाकालमा गरिने न्यायको पक्षपाति देखिनु भयो । हामी यो बिकट गाउँमा बसेका मान्छे संगतिपूर्ण न्यायको लडाई लड्ने, तपाई विश्वको उन्नत लोकतन्त्रबाट फर्केको मान्छे जंगेशैलीको वकालत गर्ने । यही हो तपाई र हामी माटोसँग सम्बन्ध भएका पत्रकारबीचको फरक ।

१०– एउटा कुराका लागि भने धन्यवाद दिन्छु – मैले स्टाटस लेख्दै गएँ राज्यले मेरा माग पूरा गर्दै गयो भन्ने तपाईको भनाई सत्य हो । यो शक्ति ममा कहाँबाट आयो थाहा छ ?सत्य, निर्भिकता र उच्च नैतिकताबाट मात्रै यस्तो शक्ति प्राप्त हुन्छ । आफ्नो जायजेथा लिलाममा चढाएर लडिरहेको मान्छे हुँ म जम्मा १८ लाखको बैंक कर्जामा । बेचिने अफरका अगाडि लोभिएको भए आज म तपाईको भन्दा महंगो गाडीमा गुड्न सक्थें ।
बाँकी छिट्टै मेरो अनलाइनमा प्रकाशित हुने लेख पढ्नुहोला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here