नेपाल बैंकको नाफा घट्यो

115

काठमाडौं / नेपाल बैंक लिमिटेडले आर्थिक वर्ष २०७५–७६ मा २ अर्ब ६१ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधीमा बैंकले ३ अर्ब २१ करोड ५६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्ष बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश घटेको छ। खुद ब्याज आम्दानी ३.२६ प्रतिशत र संचालन नाफा ६.१९ प्रतिशतले घटेको छ । सञ्चित नाफामा ३ अर्ब रुपैयाँ रहेको छ। संचित नाफा करिब २९ करोडले बढेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here