यमनको सैनिक परेडमा मिसाइल र ड्रोनले आक्रमण, ३२ को मृत्यु

318

एजेन्सी– यमनको सैनिक परेडमा हुथी विद्रोहीहरुले आक्रमण गर्दा कम्तिमा ३२ जनाको ज्यान गएको छ ।

विद्रोही समूहले सैनिक परेडमा मिसाइल र ड्रोनमार्फत आक्रमण गरेका थिए ।

हूती विद्रोहीले चलाउने एक टिभी च्यानलका अनुसार उक्त परेड यमनको दक्षिणी इलाकामा रहको तटीय शहर अदनमा भइरहेको थियो ।

अदन शहर यमनको अन्तरराष्ट्रिय मान्यता प्राप्त सरकारको शक्ति केन्द्र हो ।

यसअघि अदन शहरमा नै एक पुलिस स्टेशनमा आत्मघाती बम बिस्फोट भएको थियो जसमा १० जना मारिएका थिए । यद्यपि, यी दुई घटना एक–आसमा सम्बन्धित छन् छैन भनेर स्पष्ट छैन ।

हूती विद्रोहीका अनुसार सरकार समर्थित सुरक्षाबल उनीहरुमाथि अर्को एउटा हमला गर्नका लागि परेड गरिरहेका थिए । यद्यपि, सरकारका अनुसार यो नयाँ बहाल गरिएका सैनिकका लागि ‘ग्रेजुएशन सेरोमनी’ थियो ।

मिलिट्री परेडमाथि हमलापछि त्यहाँको दृश्य विभत्स थियो । एक प्रत्यक्षदर्शीले समाचार एजेन्सी रोयटर्सलाई दिएको जानकारी अनुसार शवका टुक्रा जमिनमा छरिएका थिए र सैनिक रोइरहेका थिए ।

प्रत्यक्षदर्शीले भने, ‘बिस्फोट त्यो स्ट्यान्ड पछाडि भयो जहाँ आयोजना भइरहेको थियो । मैले सैनिकलाई एक शव नजिक रोइरहेको देखेँ । सायद त्यो उनको कमान्डरको शव थियो ।’

अन्तरराष्ट्रिय मेडिकल एजेन्सी एमएसफका अनुसार यो हमलामा दर्जनौं मानिस नराम्रोसँग घाइते पनि भएका छन् ।

जुन सैन्य शिविरमा हमला भयो त्यो सरकार समर्थित सुरक्षाबलसँग जोडिएको छ र त्यसलाई ‘सुरक्षा बेल्ट’ को नामले चिनिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here