भारतीय विदेश मन्त्री जयशंकर नेपाल आउँदै

261

काठमाडौ, भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउने भएका छन् । उनी नेपाल भारत संयुक्त संयन्त्रको बैठकमा सहभागी हुन नेपाल आउन लागेका हुन् । पूर्व विदेश सचिव समेत रहेका जयशंकर नरेन्द्र मोदीको दोस्रो कार्यकालका लागि विदेश सचिवमा नियुक्त भएका हुन् । नेपालमा संविधान जारी हुनुपूर्व दबाब सिर्जना गर्न विदेश सचिवका रुपमा नेपाल आएका उनले संविधान जारी नगर्न दबाब दिएपछि आलोचित बनेका थिए । विदेश मन्त्रीमा नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हुनेछ । नेपाल र भारतकाबीचमा अगामी भदौमा संयुक्त संयन्त्रको बैठक आयोजना हुन लागेको छ । उक्त बैठकमा नेपालले सीमावर्ती बाँध लगायतका महत्वपूर्ण विषयमा विषय उठान गर्ने जनाउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here