काठमाडौं / सत्तासीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्रका समर्थकहरुलाई व्यवस्था फेर्ने बकबक गरिरहेको आरोप लगाउँदै यस्तो गरिरहे ज्ञानेन्द्रलाई नागार्जुनबाट निकाल्ने चेतावनी पनि दिएका छन् ।
आइतबार प्रचण्डले वीपीमार्गलाई रामेछापको खाँडादेवी गाउँपालिका जोड्न सुनकोशी नदीमाथि खैरेनी घाटमा बनेको पक्की पुलको उद्घाटन गर्दै राजा माहाराजाका केही दासहरुले सरकार मात्र होइन, व्यवस्था नै फेर्ने बकबक गरिरहेको आरोप लगाएका हुन् ।
आफ्नौ कार्यशैलीलाई सुधार्नतर्फ नलागेर पूर्व राजालाई चेतावनी दिइरहँदा जनता भड्किने सम्भावनातर्फ प्रचण्ड लगायतका सत्तासीन नेताहरुको ध्यानाकर्षण नहुनु भने आश्चर्यजनक मानिएको छ ।


















