राप्ती लाईफ केयर हस्पिटलद्वारा स्वागत तथा बिदाई

302

तुलसीपुर / राप्ती लाईफ केयर हस्पिटल तुलसीपुरद्वारा सञ्चालित नर्सिङ र एचए कलेजका बिद्यार्थीहरुलाई स्वागत तथा विदाई गरिएको छ । शुक्रबार तुलसीपुरमा कार्यक्रम गरि एचए पहिलो बर्षका ४० र नर्सिङको पहिलो बर्षका ४० जना बिद्यार्थीहरुलाई स्वागत गरिएको हो, भने नर्सिङ तेस्रो बर्षका ४० जना बिद्यार्थीहरुलाई बिदाई गरिएको हो ।

त्यस्तै हस्पिटलमा नयाँ बिशेषज्ञ चिकित्सकहरूलाई समेत स्वागत गरिएको छ । हस्पिटलले बालरोग बिशेषज्ञ बुद्धि गुरूङ र फिजिसियन ज्ञानेन्द्र पाण्डेलगायतलाई स्वागत गरिएको हो । यस्तै नयाँ शिक्षकहरूलाई समेत स्वागत गरिएको हो ।

कलेजका प्रिन्सिपल सुसन पाण्डेको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख डा. गोकर्ण दाहालको प्रमुख आतिथ्य एवं प्रालिका कार्यकारी अध्यक्ष हरि रिजालको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।

त्यस अवसरमा प्रमुख अतिथि डा. दाहालले स्वास्थ्य क्षेत्रमा निजि क्षेत्रले ठूलो योग्दान पु¥याएको बताए । अहिले सरकारले मात्रै प्रयाप्त मात्रामा स्वास्थ्य सेवा दिन नसक्ने भन्दै उनले स्वास्थ्य क्षेत्रमा निजि लगानीले ठूलो योग्दान पु¥याएको उनको भनाई थियो । उनले निजि क्षेत्रसंग तुलसीपुर उपमहानगरपालिका सहकार्य गरेर अघि बढ्न तयार रहेको समेत जनाए ।

कार्यक्रममा बिशिष्ट अतिथि रिजालले प्रदेश कै उत्कृष्ठ अस्पताल बनाउने तयारी गरिरहेको समेत बताए । उनले २४ अ‍ै घण्टा बिशेषज्ञ सेवा प्रदान गर्ने गरि प्रक्रिया अगाडि बढाएको जनाए । अध्यक्ष रिजालले केही समयमै सर्जरी, सिटी स्क्यानलगायतका सेवा थप गर्ने गरि प्रक्रिया अघि बढेको जनाए । शैक्षिक क्षेत्रमा बिएससी नर्सिङ, ब्यचलर ईन फार्मेसीलगायतका नयाँ कोर्षहरुमा कक्षा सञ्चालनको तयारी रहेको समेत उनको भनाई थियो ।

हस्पिटलका निर्देशक जीवन भण्डारीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा सञ्चालक दोर्ण ओली, विद्यार्थी दीपक खत्री, सनम बुढालगायतले मन्तब्य ब्यक्त गरेका थिए । राप्ती लाईफ केयरले २०६९ सालमा नर्सिङ, २०६३ सालमा हस्पिटल र २०७५ सालमा एचए सञ्चालनमा ल्याएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here