सरकारद्वारा आठ जनाको नेपाली नागरिकता खारेज

269

 काठमाडौं / सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले सरकारले विभिन्न आठ जनाको नेपाली नागरिकता खारेज गरेको जनाएका छन् ।

मन्त्री परिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री बास्कोटाले मन्त्रिपरिषद् बैठकको निर्णयले आठ जनाको अंगिकृत नागरिकता खारेज गरेको जनाकारी दिएका हुन् । उनले राजेन्द्र महत्तो, राजेश्वर महत्तो, विन्दे महत्तो, दानादेवी महत्तो, रामकिशोर महत्तो, राजकुमार महत्तो, स्वशी महत्तो र अशोक शाहको नागरिकता खारेज गर्ने निर्णय गरेको जनाकारी दिए ।

 विन्दे महत्तोको श्रीमति दानादेवी महत्तोको अंगिकृत नागरिकता खारेज गरेको मन्त्री बास्कोटाले जनाए ।

यो पनि पढ्नुहोस् :

http://swaviman.com/news/2019/08/04/46535.phtml

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here