काठमाडौं / नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य मोहन कार्की जीवन्त रिहा भएका छन् । जिवन्तको रिहाइले वार्ताका लागि सकारात्मक सन्देश जाने विश्वास गरिएको छ ।
केन्द्रिय नेता मोहन कार्कीको गिरफ्तारीले विप्लव पार्टीमा ठूलै क्षति भएको थियो । उनको यो रिहाइले सरकार विप्लव पार्टीसँग वार्ता गर्नका लागि सकरात्मक छ भन्ने सन्देश दिएको अर्थमा राजनीतिक विश्लेषकहरुले बुझेका छन् ।

















