विराज भट्ट  पहिलोपटक निर्माता एवं निर्देशक बन्दै, विराज-निकिताको ‘साङ्लो’

50

‘मिस नेपाल वर्ल्ड-२०१७’ निकिता चान्डक तथा विराज भट्ट  अभिनित ‘साङ्लो’ले आफ्नो रिलिज मिति तोकेको छ। सिनेमा कार्तिक १५ गते छठ पर्वको अवसरमा रिलिज हुने भएको छ।

यसै सिनेमाबाट विराज पहिलोपटक निर्माता एवं निर्देशक बन्दैछन्।

सिनेमामा विराज तथा निकिताका अलावा प्रकाश शाह, कामेश्वर चौरसिया, अमित गिरी, रमेश सोडारी, जयनन्द लामा, आरपी पन्त, भरत शाह, दुर्गा सुवेदीको पनि अभिनय रहेको सिनेमालाई सुदुरपश्चिमको रमणीय ठाउँमा फिल्माङ्कन गरिएको छ ।

विराज भटट् फिल्म प्रोडक्सन प्रालीको व्यानरमा निर्मित सिनेमामा तेज बहादु खड्काको पनि लगानी छ । शिवम अधिकारीले पटकथारसंवाद लेखेको सिनेमामा सुरेश अधिकारी, राजनराज सिवाकोटी र विनोद खम्बुले संगीत दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here