दोरम्बामा रहेको एनसेल टावर ध्वस्त

80

रामेछाप– रामेछापको दोरम्बा गाउँपालिका- १ डाँडाकटेरीमा रहेको एनसेलको टावर ध्वस्त पारिएको छ । अज्ञात समुहले शक्तिशाली बम विस्फोट गराएर टावर ध्वस्त पारेको हो ।

राज्यलाई अरवौं राजस्व नतिरेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले देशैभरका एनसेल टावरलाई चेतावनी दिएर कारबाही गर्दै आएकाले यहाँ पनि नेकपाले नै कारबाही गरेको हुनसक्ने स्थानीय बासिन्दाहरुले जनाएका छन् ।

शुक्रबार राति अज्ञात समुहले रामेछापकै खाँडादेवी गाउँपालिका- ३ भीरपानीमा पनि सिलिन्डर बम विस्फोट गराई ध्वस्त बनाइदिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here