जेम्स एन्डरसन चोटका कारण टेस्ट टिमबाट बाहिरिए

234

एजेन्सी / इंग्ल्याण्डका बलर जेम्स एन्डरसन चोटका कारण अस्ट्रेलियासँगको दोस्रो टेस्टमा टिममा नरहने भएका छन् । पिडौंलामा लागेको चोटका कारण एन्डरसन समस्यामा परेका हुन् । एन्डरसन हाल मेडिकल टिमसँग रिह्याबिटेसनमा छन् । गएको जुलाईमा नै उनको पिडौंलामा समस्या देखिए पनि ठीक भएर पहिलो टेस्टमा मैदानमा थिए । अहिले फेरि चोट बल्झिएको हो ।

पाँच खेलको सिरिजको पहिलो टेस्टमा इंग्ल्याण्ड २ सय ५१ रनले पराजित भएको थियो । अब चार टेस्ट बाँकी छन् । दोस्रो टेस्ट अगस्ट १४ देखि लर्डसमा सुरु हुँदै छ । एन्डरसनको स्थानमा कसलाई खेलाउने टुंगो लागेको छैन । जोफा आर्चरलाई खेलाइने सम्भावना भए पनि उनी पनि चोटबाट बाहिर आउन सकेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here