प्रभु बैंककाे शाखा डोल्पाको शे फोकसुण्डो र बन्दीपुरमा

143

काठमाडौं /  प्रभु बैंक लिमिटेडले डोल्पा र तनहुँमा नयाँ शाखा कार्यालय विस्तार गरेकाे छ ।

बैंकले शाखा सञ्जाल विस्तार गरी बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहित गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ डोल्पाको शे फोकसुण्डो गाउँपालिका ७ स्थित साल्दाङ्गमा नयाँ शाखा संचालनमा ल्याएको जनाएको छ ।

यसका साथै, बैंकले तनहुँको बन्दीपुर गाउँपालिका १ स्थित डुम्रेमा शाखा संचालनमा ल्याएको हो । श्रावण २० गतेका दिन एकैसाथ २ वटा नयाँ शाखा कार्यालयहरु स्थापना गरी सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । यीसँगै बैंकको शाखा संख्या १९३ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here