गोलकिपर किरण चेम्जोङ ट्रायल दिन जापान जाँदै

205

काठमाडौं / नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङ ट्रायल दिन भोलि जापान जाने भएका छन् ।

जापानको तेस्रो डिभिजन क्लब फुजिँदा एमवाईएफसीमा ट्रायल दिने गोलकिपर किरण भोलि त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । उनले त्यहाँ २० दिन प्रशिक्षण गर्ने छन् ।

राष्ट्रिय टोलीका पूर्व स्ट्राइकर सन्तोष साहुखल र जापानी आयामोसी सम्मिलित ‘हिरो टु हिरो’ प्रोजेक्टमार्फत किरणलाई जापानको अवसर आएको हो । उनलाई एन्फा वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ, महासचिव इन्द्रमान तुलाधारसहित पदाधिकारीले विदाई गरेका छन् । हाल विश्वकप छनोटको दोस्रो चरण र सागको प्रारम्भिक टोलीमा रहेका किरण अगष्ट २८ मा स्वदेश फर्किने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here