विभिन्न जिल्लामा पानीमा डुबेर मृत्यु 

274

काठमाडौं  / सर्लाही, बागमती नगरपालिका-४ नयाँ बस्तीस्थित गोडारी खोलामा नुहाउने क्रममा डुबेर सोही ठाउँ बस्ने गुण बहादुर चितौरे मगरकी ७ वर्षीया छोरी अस्मिता चितौरे मगरको मंगलबार बिहान मृत्यु भएको छ । साथै लमजुङ, बेसिशहर नगरपालिका-३ भरेडाँडास्थित पानीको पोखरीमा सोही ठाउँ बस्ने १६ वर्षीय रुकेश बिक मंगलबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी झापा, बुद्धशान्ति गाउँपालिका-६ शान्तिनगर बस्ने खड्क बहादुर लिम्बुकी १४ महिनाकी छोरी साखिम लिम्बुको घर नजिकै रहेको माछा पोखरीमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ । खेल्ने क्रममा उक्त पोखरीमा डुबी अशक्त भएकी साखिमलाई उपचारको लागि बिएण्डसी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

साथै दाङ, घोराही उपमहानगरपालिका-३ रागोटारा बस्ने ५९ वर्षीया गमला बिक सोही ठाउँस्थित मसोट खोलामा मंगलबार बिहान मृत अवस्थामा फेला परेकी छन् । उक्त खोला तेर्ने क्रममा बेपत्ता भएकी उनलाई खोजी गर्ने क्रममा मृत अवस्थामा फेला पारिएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here