कृषिमा आधुनिकीकरण भए देशमै युवाले रोजगार पाउँछन् : शाह

284

काठमाडौं / नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले युवालाई बिदेश पलायन हुन बाट रोक्न कृषिमा आधुनिकीकरण हुनु पर्ने जनाएका छन।

युवा,लोकतन्त्र र विकास बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै शाहले कृषिमा सरकारले ध्यान दिन नसकेको जिकिर गरे। उनले कृषि प्रधान मुलुकमा आयात बढ्दै जानू र निर्यात घट्दै जाने कुराले मुलुकमा समृद्धि नआउने पनि उल्लेख गरे।

शाहले मुलुकमा युवालाई स्थान दिएर बिकाश निर्माणका कार्यमा सहभागी बनाउन नसक्ने हो भने देश आर्थिक रुपमा कम्जोर हुने र देशमा आर्थिक संकट आउने आसंका पनि गरे।

अन्तरक्रियामै शाहले पर्यटनलाई पनि उद्योगको रुपमा बिकाश गरे युवाले बेरोजगार हुनु नपर्ने जनाएका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here