म विध्वंश गर्न आएको हैन, विश्वकै सानदार विमानस्थल बनाउन आएको हुँ : पर्यटन मन्त्री भट्टराई

370

काठमाडौं / संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बहुचर्चित बाराको निजगढ विमानस्थलको विकल्प नखोज्ने जनाएका छन् ।

मंगलबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै मन्त्री भट्टराईले भने,–‘निजगढ विमानस्थलको विकल्प खोज्दिँन । त्यहाँको सुकुम्बासी टाँगिया बस्ती व्यवस्थापन गरिन्छ । उनीहरुलाई नाङ्गो आकाशमूनि राख्दैनौ’ ।

पत्रकार सम्मेलनमा मन्त्री भट्राइले भने, ‘म विध्वंस गर्न आएको हैन, विश्वकै सानदार विमानस्थल बनाउन आएको हुँ ।’ उनले निजगढ विमानस्थल निर्माण प्रकृया चलिरहेका बेला वातावरणविद्हरुले चासो देखाएकोप्रति आफू जानकार रहेको समेत जनाए ।

‘म वातावरण संरक्षणप्रति सचेत छु,’ मन्त्री भट्टराईले विमानस्थल निर्माणका क्रममा समस्याका रुपमा देखिएको सुकुम्बासी बस्ती व्यवस्थापनका लागि आफूले स्थानीय सरकारसँग समेत कुराकनी गरेर निश्कर्षमा पुग्ने जनाए । उनले वन मन्त्रालयसँय समन्वय गरेर विमानस्थल निर्माणको काम अघि बढाउने जानकारी दिए ।

‘यसका लागि २ नम्बर प्रदेश सरकारसँग पनि छलफल गर्छु । यसको आर्थिक सुनिश्चितता पनि खोज्नुपर्छ यसका लागि लगानी बोर्ड पनि सम्बन्धित भएकोले बोर्डसँग छलफल गर्छु,’ मन्त्री भट्टराइले आफ्नो योजना सुनाए ।

दोस्रो चरणमा त्रिभुवन विमानस्थल २१ घण्टा सुचारु गर्ने योजना रहेको भन्दै उनले धावनमार्गको काम सन्तोषजनक रुपमा सम्पन्न भएको जानकारी दिए । ट्याक्सी वेको निर्माण बाँकी रहेको आफूले पाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको चाहनाअनुसार नै बुटिक एयरपोर्ट बनाउन र एयरपोर्टको स्तरोन्नती गर्ने काम अघि बढेको मन्त्री भट्टराइले जनाए ।

उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ७३ प्रतिशत सकिएको र पोखरा विमानस्थलको काम ४५ प्रतिशत सम्पन्न भएको जानकारी पाएको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here