वैद्य नेतृत्वको माओवादीले गरे सुकम्वासी शिविर कब्जा

199

धनगढी-  मोहन वैद्य नेतृत्वको  नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले कैलालीको हरैयामा रहेको सुकम्वासी शिविर कब्जा गरेको छ । सशस्त्र द्वन्द्वका समयमा तत्कालीन माओवादीकै पहलमा बसाइएका सुकुम्वासीलाई हटाइएको भन्दै बुधबार वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले पुनः शिविर कब्जा गरेको हो ।

अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य केशव साउदका अनुसार क्रान्तिकारी माओवादीका जिल्ला अध्यक्ष रामवहादुर केसीको नेतृत्वमा गएका नेताहरुको टोलीले शिविरमा पार्टीको झण्डा गाड्दै कब्जाको घोषणा गरेका थिए । साउदले शिविरको जमिनमा पुरानै सुकुम्वासी परिवारलाई बसाउने योजना पार्टीको रहेको पनि जनाए ।

केही साताअघि तत्कालीन विद्रोही माओवादीले हरैया शिविरमा बासालेका सुकुम्वासी परिवारलाई जग्गा बिक्री भएको भन्दै बल प्रयोग गरेर हटाइएको थियो ।

शिविरका सुकुम्बासीलाई उठाएर धनगढी उपमहानगरपालिका–१७ धुरझन्नामा राखिएको थियो । तर, धुरझन्नामा व्यवस्थापन राम्रो नभएको भन्दै केही सुकुम्बासी परिवार फेरी हरैया शिविरमा फर्किएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here