पर्यटन विकासमा सांसद नविनाको हाइकिङ अभियान तेमालबाट सुरु

236

काठमाडौं / संघीय सांसद नविना लामाले पर्यटन विकासमा जोड दिँदै काभ्रेको तेमाल गाउँपालिकाबाट हाइकिङ अभियान सुरु गर्नुभएको छ ।

सांसद लामाले तेमाल विकासका लागि युवा अभियान नाम दिएर हाइकिङ अभियान सुरु गर्नुभएको हो । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका, रोशी, महाभारत, खानीखोला र चौरीदेउराली गाउँपालिकामा समेत क्रमशः हाइकिङ अभियान सञ्चालन गर्दै जाने उहाँले जानकारी दिनुभयो ।

विहान ११ः४५ बजे तेमाल गाउँपालिकाको वडा नम्बर ७ चापाखोरीबाट सुरु भएको हाइकिङ पोखारीनारायणस्थान, याङबेलको तोङसोम कुण्डमा आएर टुंगिएको थियो ।

सांसद लामाको हाइकिङ अभियानलाई नेकपाका नेता प्रदिप लामा, तेमाल गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष तिमाल सिह तामाङ, ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)का निर्वमान महासचिव कर्ण लामा, टानका पूर्व सदस्य पाल्साङ तामाङ र ह्रेन्जेन दोर्जे प्रतिष्ठानका अध्यक्ष लिला बहादुर लामाले साथ दिएका थिए । साथै अभियानमा करिब ४० जनाले सहभागिता रहेको थियो ।

अभियानमा सहभागि टोलीले तेमाल गाउँपालिकाको वडा नम्बर ७ चापाखोरी डाँडामा बन्न लागेको टुरिजम मेमोरि पार्क, ह्रोसाइबाचे, पोखरी नारायणस्थान मन्दिर लगायत विभिन्न धार्मिक स्थलहरुको अवलोकन समेत गरेको थियो ।

टुरिजम मेमोरि पार्कका बारे पर्यटन ब्यवसायी कर्ण लामाले जानकारी दिनुभयो । उहाँको अनुसार यो पार्कमा पर्यटन ब्यवसायसँग सम्बन्धी विविध विधा समावेश गरिनेछ । लामाले तेमालमा धार्मिक पर्यटनका साथै विभिन्न साहासिक पर्यटनको समेत सम्भावन रहेको भन्दै यसलाई कृषि पर्यटनसँग जोडेर विकास गर्नु पर्नेमा जोड दिनुभयो ।

हाइकिङका बेला भेटिएका डाँडा, गुम्बा, छ्योर्तेन र पर्यटनको सम्भावनाको महत्वका बारे टानका पूर्व महासचिव कर्ण लामा र प्रतिष्ठानका अध्यक्ष लिला बहादुर लामाले युवाहरुलाई जानकारी दिनुभएको थिए ।

सांसद लामाले तेमालको विकास निर्माणमा तेमालको आर्थिक समृद्धिका लागि युवाहरुलाई एकै ठाउँमा उभ्याउने उद्देश्यका साथ अभियान सुरु गरेको जनाउनुभयो । ‘तेमालको पर्यटन विकासमा युवाहरुलाई सहभागि गराउने उद्देश्यले तेमालमा हाइकिङ गरिएको हो, उनले भनिन् ‘पर्यटनलाई मुर्त रुप दिने हो भने तेमालको आर्थिक समृद्धि सम्भव छ । यसलाई प्रचारप्रसार गरेर नेपाल सरकारले अघि सारेको Visit Nepal 2020 को पूर्व तयारीका रुपमा समेत यसलाई लिएका छौँ ।’- उहाँले भन्नुभयो ।

सञ्चारकर्मी हिरामान लामाले २०६८ सालमा तयार गरिएको तेमाल ड्रिम परियोजनालाई हाइकिङ अभियानले सार्थक बनाएको जनाउनुभयो । हाइकिङ अभियानले तेमालको विकास निर्माणमा सार्थकता पाएको जनाउँदै उहाँले भन्नुभयो,- ‘हामीले परियोनामा तेमाल क्षेत्रको विकासका लागि ७ वटा पार्क, भ्यूटावर, तेमाल प्रवेश गर्ने १२ वटा गेट, तामाङ संग्रहालय, डम्फुपार्क, विभिन्न मठमन्दिरको निर्माण, संरक्षण र प्रवद्र्धन गर्ने सोच राखेका थियौँँ, उनले भने ‘अहिले आएर यसले सार्थकता पाउँदै गइरहेको छ ।’

हाइकिङ विभिन्न डाँडाकाडाँ पार गर्दै झण्डै ४ घण्टाको पैदलपछि सकिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here